इपीएल फाइनल

 काठमाडौं किंग्स–११ लाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १०९ रनको लक्ष्य ललितपुरले खेलको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो । जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा ललितपुरका योगेन्द्रसिंह कार्कीले उक्त चुनौती पार गरे ।

Other Similar Post