सुमधुर सरकार


सुविधा त दिइस् सरकार, खै कस्ताे पाे खालकाे दिइस
फ्रान्स अनि नर्वे भन्छस्, जीवन कंगालकाे पाे दिइस

याे साल झेलाैं न त पीडा, अागाैं सब ठीकठाक हाेला
भनी अाश गर्नेलाई नि, दु:ख बर्षै सालकाे दिइस

कहिले भन्छस् मेट्राे रेल, कहिले चाहिँ केबल कार
राजधानीमै पनि पनि कठै, यात्रा चाहिँ कालकाे दिइस

मुखैले त खुबै खाेकिस्, लहरे नै लागे सरि,
समानताकाे नारा दिइस, वास्तविकता कमालकाे दिइस

बाचाहरू धेरै गरिस, चुनाउ जित्ने दाउपेच रैछ
अाशा अचारकाे नै थियाे, भात नि बिना दालकाे      दिइस

सुविधा त दिइस् सरकार, खै कस्ताे पाे खालकाे दिइस
फ्रान्स अनि नर्वे भन्छस्, जीवन कंगालकाे पाे दिइस

 

*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !