आश्रम जाऊ।


कसैलाई कसैदेखी रिस ऊठेमा
अब तनाब छैन,
न टाउको गर्हौ हुनेछ
न त एटम बमजस्तो हुनेछ,
काँचै खाँउकी मारी...हुँदा
दिक्तद छैन अब
किनकी मन नपरेका
मान्छेहरुका लागि आश्रम खुल्ला छ।

स्याहार्न भ्याइएन,बच्चा करायो
होस्टेज भर्ना गरिदेऊ,
छोरा छोरीले टेरेनन्,के छोरा के छोरी
होस्टेल भर्ना गरिदेऊ,
अर्ती सिकाऊँदा सराप भयो,
बुद्धि दिँदा निर्बुदि बोलेजस्तो भयो,
ढोग्नुपर्दा,हाेँचिए भन्ने भयो
आशिर्वादस्वरुप शिरमा हात थम्याउँदा
ठुलै छपन्नीले थाप्ला हानेजस्तो भयो,
यी सबैका दोषी,ती बृद्ध बाअामालाई
विलम्ब नगरी,बृद्धाश्रम भर्ना गरिदेऊ।

अब लोग्ने स्वास्नीदेखी
स्वास्नी लाेग्नेदेखी आजित भए,
सके त सम्बन्ध बिच्छेद,नसके
लोग्नेले स्वास्नीलाई स्वास्नी आश्रम
कि स्वास्नीले लाेग्नेलाई लाेग्ने आश्रम
भर्ना गरिदेऊ।

के छ र जिन्दगीमा
एक्लै आउनु छ,एक्लै जानु छ
एक्लै खानु छ,एक्लै फाल्नु छ
अब आफैदेखि
दिक्क भइए,धन्दा नमान
एक घुट्को मेटासिट,सास नराेकी खाऊ
अनि नफर्किने गरि,आश्रम जाऊ।

-भावुक सुजन

*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !

Other Reviews

सम्झनामा हजुर आमा(माई)


आश्रम जाऊ।


सानु पराई बनि गयौ किन ?


देशकै लागि मर्छु भन्दै


मनसंग नाता नजोडनू साथी ।(गजल )


"मगन्ते परदेशी"