देशकै लागि मर्छु भन्दै


देशकै लागि मर्छु भन्दै बोली हाँसीहाँसी
थापिदिए छातिमा नि गोली हाँसीहाँसी

परिवर्तनको माग गर्दै भ्रष्ट शाशक संग
फेरिदिए जिन्दगिको चोली हाँसीहाँसी

मृत्युलाई अङ्गालेर हास्दै हास्दै बिदा भए
आउँछ भन्दै नया नेपाल भोली हाँसीहाँसी

ब्यक्तिगत स्वार्थ भन्दा धेरै धेरै माथी रहेर
खेलेका थिए खुनको नै होली हाँसीहाँसी

सगरमाथा जस्तै शिर झुकाएन कसैसंग
रगत संग सपनालाई घोली हाँसीहाँसी

प्रकाश राई मौसम

*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !