"मगन्ते परदेशी"


सानैमा देशसंग जागिर माग्यो 
नपाइ रुँदै पासपोर्ट माग्यो
अरबसंग भिजा माग्यो 
श्रीमतीसंग आँसुको सट्टा
थोरै पैसामा धेरै हाँसो माग्यो 
सधै घरबाट आउने जहाजसङ्ग 
आमाको माया माग्यो 
बा' को  जस्तै साहस माग्यो
साहुसंग ऋण तिर्न
थप समय माग्यो 
गाउँ फर्कने  साथीसङ्ग 
सुख पठाइ दुख माग्यो 
मरभुमिको गर्मी काँधमा 
थप एउटा इट्टा माग्यो
°
बिचरा परदेशी
माग्दा माग्दै उ बूढो भयो 
आज उसलाइ न देशले माग्यो 
न बिदेशले माग्यो !
 
कृष्ण पौडेल
सिमरा , बारा 

Other Reviews

सम्झनामा हजुर आमा(माई)


आश्रम जाऊ।


सानु पराई बनि गयौ किन ?


देशकै लागि मर्छु भन्दै


मनसंग नाता नजोडनू साथी ।(गजल )


"मगन्ते परदेशी"