चडाउछु त्यो फुल, तिमी टिप्प देउ


चडाउछु त्यो फुल, तिमी टिप्प देउ
दिलैमा छ काडा , बुझी झिक्न देउ !

म रोएर वास्ता, हुने छैन हामी
मलाई त आँखा, सधैं मिच्न देउ !

समातेर छाता, नओडाउनु कहील्यै
झरी लाग्छ प्यारो, त्यही भिज्न देउ !

फुटेको छ भाग्य, सधैं हार खाने
दया लाग्छ भन्छ्यौउ, अरे जित्न देउ !

तिमी जान सक्छौ, नमानेर आज्ञा
बरु सधै याद राख्ने, एक सेल्फी खिच्न देउ !

आइत राज हाङ्गाम, ताप्लेजुङ
*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !

Other Reviews

सम्झनामा हजुर आमा(माई)


आश्रम जाऊ।


सानु पराई बनि गयौ किन ?


देशकै लागि मर्छु भन्दै


मनसंग नाता नजोडनू साथी ।(गजल )


"मगन्ते परदेशी"