पुग्नु त घर-आगनमै धेरै विकाश पुगेको छ


पुग्नु त घर-आगनमै धेरै विकाश पुगेको छ ,
जस्तो कि अन्धाको हातमा उपन्यास पुगेको छ।

भोकै पेटिमा रातदिन काटि रहेछ सडग बालक,
उसकै अगाडि विहानै चटपटेवाल पुगेको छ।

गैरि खेत मासि गाडि गुडेको छ बारि बाझै छ,
बाईक चाहियो भन्छ छोरा घरमै बाटो पुगेको छ ।

घट्ट,ढिक्कि र कोलहरु कहाँ भेट्नु गाउमा आज,
चामल,पिठो र तेल शहरबाट घरछेउमै पुगेको छ ।

गाउमा बुढि आमा भित्ता कोपरेर दिन गन्दागन्दै,
अचानक बाकसमा प्रदेशि छोराको शब पुगेको छ।

*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !