यो झरीमा (गजल)


यो झरीमा उनको मिठो बातै प्यारो
यसैमा कफीको न्यानो साथै राम्रो

अलिअली लुकाउदै थोरै देखाउदै
आँखामा छल्केको रसिलो मातै प्यारो!!

चिसोचिसो सिरेटोमा झरी छेक्ने
पिरती को कलेजी त्यो छातै प्यारो!!

"झरी" "कफी"अनि त्यो रमाइलो पल
यादमा बिताउने जुनेली रातै प्यारो!!!

*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !