रहेनन् प्रख्यात अभिनेता कादर खान



Loading...

बलिउडका प्रख्यात अभिनेता कादर खानको ८१ वर्षको उमेरमा क्यानडामा हिजो निधन भएको छ । केही समय यता अस्वस्थ्य रहदै आएका खानको श्वास प्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा क्यानडामा उनको निधन भएको छोरा सरफराज खानले पुष्टि गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

स्थानीय समय अनुसार हिजो दिउंसो अचानक कोमामा गएपछि उनका सांझ निधन भएको हो । बलिउडमा कुशल अभिनयका कारण चर्चित कादर खान चलचित्रको सम्बाद र पटकथा लेखनमा पनि उत्तिकै सशक्त मानिन्थे । सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट चलचित्रमा प्रवेश गरेका कादर खानले ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् भने २ सय ५० भन्दा बढी चलचित्रमा सम्बाद पनि लेखेका छन् ।
अभिनेता कादर खानको निधन ले बलिउड शोकमा डुबेको छ ।

अभिनेता अमिताभ बच्चन ले आफु भाबुक भएको जनाएका छन् । अमिताभ बच्चन र कादर खान ले दो और दो पांच', ‘मुकद्दर का सिकन्दर', ‘मिस्टर नटवरलाल', ‘सुहाग', ‘कुली' ‘शहंशाह' लगाएत फिल्म मा सगै काम गरेका थिए ।