आजको मौसम तराईको अधिकांश स्थानमा हुस्सु



Loading...

आज बिहान पश्चिम तराईको अधिकांश स्थानमा हुस्सु लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जाने मौसम बिभाग जानकारी दिएको छ । कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने छ ।

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । पश्चिमी क्षेत्रमा सामान्य बदली संगै सुदुर पश्चिमका उच्च पहाडी भू-भाग का थोरै स्थानहरुमा हल्का वर्षा सगै हिमपात भएको छ ।

देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली रहनेछ भने थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

आज राति तराई भू-भागहरुमा बिहानी समयमा हुस्सु लाग्ने भएकोले हुस्सु् लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने हुँदा चिसो नै रहने देखिन्छ। साथै सुदुर पश्चिमका उच्च पहाडी भू-भागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।