दाङमा २५ प्रतिशत नागरिक आधारभुत खानेपानीबाट बन्चित



जीतसागर जी.एम.
दाङमा अझैपनि २५ प्रतिशत नागरिकले आधारभुत खानेपानी पाउन सकेका छैनन्् । संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा राखिएपनि जिल्लाका २५ प्रतिशत नागरिक अझैपनि आधारभुत खोनेपानीको पहुँच बाहिर देखिएका हुन्् । पच्चिस प्रतिशत नागरिकले अहिले पनि कुवा, जरुवा, खोला, कुलो, सोताको लगायतको पानी पिउन बाध्य रहेका छन्् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका सुचना अधिकारी बेदप्रसाद आचार्यका अनुसार दाङमा ७५ प्रतिशत नागरिक आधारभुत खानेपानीको पहुँचमा रहेका छन्् ।

नागरिकलाई आधारभुत खानेपानीको सहज पहुँचको व्यवस्था अझै पनि हुन सकिरहेको छैन्् । सरकारले नागरिकलाई खानेपानीको व्यवस्था सहज गर्न नसक्दा नागरिक अझैपनि कुलो, कुवा, सोता, खोलको पानीले नागरिकको दैनिकी चलेको छ । जिल्लामा शहरी इलाकामा भन्दा ग्रामिण भेगका नागरिक बढी आधारभुत खानेपानीको सेवाबाट बन्चित रहेका छन्् । दाङमा वर्षेनी गर्मिको समयमा खानेपानीको चरम अभाव हुने गरेको छ । बढ््दै गएको जनसंख्या वृद्धि र सुक्दै गएका मुहानका कारण पानीको अभाव देखिने गरेको छ ।

योजना निर्माणमा ढिलाई
खानेपानीको सहज व्यवस्थापनका लागि वर्षोदेखि शुरु भएका योजना पनि निर्माणमा ढिलाई हुँदा नागरिक आधारभुत खानेपानीको सेवाबाट बन्चित हुने गरेका छन्् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका सुचना अधिकारी आचार्यका अनुसार दाङमा ५ वर्ष अघि निर्माण शुरु भएका खानेपानीका योजना अझैपनि निर्माण सम्पन्न हुन सकेको छैन्् । ‘सरकारले खानेपानीका बजेट बिनियोजन गर्छ, वर्षेनी नयाँ–नयाँ योजना ल्याउँछ तर वर्षौँदेखिका योजना निर्माणमै समस्या देखिने गरेको छ , एउटा योजना निर्माण नसक्दै अर्को योजना निर्माण हुने क्रम बढेको छ , न यता न उता भनेजस्तै भएको छ , नागरिकलाई खानेपानीको सहज व्यवस्थापन गर्न कठिनाई भईरहेको छ ’उनले भने–जिल्लामा अहिले पनि १ सय ३३ वटा क्रमागत योजना निर्माणको क्रममा छन्् , योजना थपिन्छन्् तर निर्माणमा ढिलाई हुने गरेको छ, न पर्याप्त बजेट आउँछ नत पर्याप्त जनशक्ति नै उपलब्धता छ । दाङमा अहिले निर्माण भइरहेको १ सय ३३ क्रमागत योजना मध्ये ४२ देखि ४५ वटा योजना चालु वर्षमा निर्माण सम्पन्न हुने सुचना अधिकारी आचार्यले जानकारी दिए ।

जनशक्तिको अभाव
प्राविधिको जनशक्ति अभाव हुँदा योजना सम्पन्न गर्न ढिलाई हुने गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख गुणनीधि पोखरेलका अनुसार तत्कालीन अवस्थामा दाङमा मात्रै भएपनि अहिले जिम्मेवारी थपिदा पनि आवश्यक जनशक्ति सरकारले उपलब्ध गराउन नसकेको गुणासो गरे ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले दाङ सहित बाँके, बर्दियामा पनि जिम्मेवारी पाएकोल तर जनशक्ति पुरानै रहेको प्रमुख पोखरेलले बताए । ‘चाहिने जनशक्ति १४ जनाको दरबन्दी हो तर अहिले ८ जना मात्रै छन्, दाङमा मात्रै ६ जना आवश्यक छ , तर ४ जनामात्रै छन्, बाँके र बर्दियामा ४÷४ जना आवश्यक पर्छ तर २÷२ जना मात्रै प्राविधिको जनशक्ति छ , आवश्यक जनशक्ति नहुँदा जिल्लामा परेका खानेपानीका योजना निर्माणमा समस्या परेको छ ।’ लामो समयसम्म खानेपानीको योजना निर्माणमा ढिलाई हँदा वर्षेणी खानेपानीको अभावमा बाँच्नुपरेको छ । बढ््दो जनसंख्या र मानविय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारण पानीको अभाव बढ््दै गएको प्रमुख बहकरीले बताए । खानेपानीको समस्या समाधानका पानीका मुहानको स्रोत संरक्षण र बातावरण सन्तुलन गर्नुपर्ने प्रमुख गजेन्द्र पोखरेलको भनाई छ ।

सरकारले सन्् २०३० सम्म सबै नेपाली नागरिकलाई प्रशोधित पानी पु¥याउने लक्ष्य लिएको छ तर दाङमा २५ प्रतिशत नागरिक अझैपनि आधारभुत खानेपानीको पहुँचमा नहुँदा सरकारी लक्ष्यलाई सिधै चुनौति थपिएको छ । नेपालमा अहिले २० प्रतिशत नागरिकमात्रै प्रशोधित खानेपानीको पहुँचमा रहेका छन्् । दाङमा एकिन तथ्याङ्क नभएपनि अधिकांश नागरिकले अहिले पनि प्रशोधन नगरेको पानी पिउन बाध्य छन्् । ‘आधारभुत खानेपानी पाउन नसकिरहेको अवस्थामा प्रशोधित पानी त कहिले पाउनु र ? तुलसीपुरका दिलबहादुर पुनले भने—सरकार रेल र हवाई जहाज ल्याउनमै व्यस्त छ, खानेपानीको सहज व्यवस्थापन गर्नुपर्छ ।’


Loading...