गैर आवासीय नेपाली संघ जापानले जून २९ मा रक्तदान कार्यक्रम गर्दै



रक्तदान जीवन दानको मूल नारालाई साकार पार्न गैर आवासीय नेपाली संघ जापानले मिति २९/०६/ २०१९ तारिखमा जापानले रक्तदान कार्यक्रम जपानीज रेडक्रस टोक्यो मेट्रोपोलिटन ब्लाड सेन्टरमा निरा उपाध्यायज्युको संयोजनमा गर्ने भएको छ । उक्त कार्यक्रममा जपानीज रेडक्रस टोक्यो मेट्रोपोलिटन ब्लाड सेन्टरको सहकार्यमा सम्पन भएको छ भने लगभग ६० जनाले रक्तदान गर्ने अनुमान गरिएको छ । कार्यक्रम गर्नको लागि गैर आवासीय नेपाली संघको रक्तसंचार प्रविधि विकास उपसमितिबाट पहल भएको छ । यस्ता कार्यक्रम विभिन्न रस्त्रहरुमा नेपालीहरुले संचालन गरि नेपालीको गरिमालाई बढाउदै आएको छ ।

यस्ता कार्यक्रम विभिन्न रस्त्रहरुमा नेपालीहरुले संचालन गरि नेपालीको गरिमालाई बढाउदै आएको छ । यस्ता कार्यले नेपालीहरुको पहिचान बढाउनका साथै एकतालाई बढाउने कार्य गर्ने गरेको छ  भने नेपालमा रगतको अभाव नहुन दिन आर्थिक सहयोग जुटाउन मद्दत   गर्ने गरेको छ । यस्ता मानवीय  समवेदनासंग  जोडिएका क्रियाकलापमा नेपालीहरुको अग्रस्ताले नेपालीहरु  वहादुर मात्र  नभई परोपकारी हुन्छन भने संदेश विश्वसामु पुर्याएको  छ ।
 
विदेशमा  बस्ने नेपालीले आफ्नो  देशप्रति भएको  श्रद्धा र  मायालाई भूलाएको हुदैन र सदैव देसको विकाशको लागि प्रयत्नरत  रहेको उदाहरण स्वरूप नै गैर आवासीय नेपाली संघले विभिन्न कार्यहरु गर्दै आएको छ । सो कार्यलाई अझ  उजागर गर्न स्वास्थ्य जस्तो संवेदनशील कार्यसंग जोडिएको कार्य  नेपालमा सम्पन गर्न फेब्रवरी  २०१७ देखि  गैर आवासीय नेपाली संघ, नेपाल सरकार, टी बी आई समूह र नेपाल रेडक्रस सोसेईटी बीच सम्झौता भएको छ । सोहि अनुरुप प्राविधिक तथा व्यावस्थपकिय  तालिमहरु, देशका विभिन्न रक्तसंचार केन्द्रहरुमा  विभिन्न साना ठुला गुणस्तर सुधार परियोजनाहरु साथै रक्तदान बढाउन  #IAmABloodDonor ( म रक्तदाता )को अभियान संचालन  गैर  आवासीय नेपाली संघ रक्तसंचार प्रविधि विकाश उपसमितिले   गरेको छ । यस अन्तर्गत विभिन्न उत्प्रेरणा कार्यक्रम, रक्तदान कर्यक्रम, सामुहिक रक्तदाता उत्प्रेरणा कार्यक्रमहरु  भईरहेको  छ । नेपाल बाहिर रहेता पनि आफ्नो सामाजिक जिम्मेबारी पुरा गर्न धेरै गैर आबासिय नेपालीहरुले यो अभियानका  लागि आर्थिक तथा प्राबिधिक ज्ञान को लगानी गरेका छन् । 
यो कार्यलाई सघाउन गैर आवासीय नेपाली संघको  रक्तसंचार प्रविधि विकास उपसमितिले गायक इन्दिरा जोशी र शिव परियारज्युलाई गुडविल एम्बेसडरको रुपमा नियुक्त गरेको छ भने  हलमा हरेक महिनमा वेबिनार  गर्दै आएको छ जसमा नेपालमा रक्तासंचार क्षेत्रमा कार्य गर्ने धेरै कर्मचारी तथा चिकितस्कहरु सामेल भएका  छन । 
 
म फरक, मेरो विचार फरक, मैले गर्ने कार्य फरक तर मेरो मन नेपाली र म नेपालीलाई रगतको अभावले मर्न दिन्न भने मेरो धोको छ र यो धोको हामी सबैको हुनु पर्छ ।नेपालमा अन्गीनत समस्याहरु होलान, आऔ हामी सबै मिलि एउटा समस्या निवारण गरौ । मानव रुपी यस शरीर र विवेकको सदुपयोग गरी रगतको अभावमा तड्पिरहेका बिरामीहरुलाई रक्तदान गरि सेवा दिन सक्छौ । त्यसैले आफु पनि रगत दिऊँ र अरुलाई दिन पनि उत्प्रेरणा देऔं र जीवनको रक्षा गरौ । 

अहिले नगरे, कहिले गर्ने 
हामीले नगरे, कसले गर्ने । 
यो कार्यलाई सफल पार्न आउने जून २९  मा गैर आवासीय नेपाली संघ जापानले रक्तदान गर्ने भएको छ ।


Loading...