कृषि उत्पादन जोगाउन पाँच चिस्यान केन्द्र



Loading...

जीतसागर जी.एम.
उत्पादित कृर्षिजन्य सामाग्री लामो समय जोगाउन दाङमा पाँच वटा चिस्यान केन्द्र स्थापना भएका भएका छन् । कृषि उपजहरुको धमाधम उत्पादन सुरु भएसँगै त्यसलाई लामो समयसम्म जोगाएर राख्नको लागि चिस्यान केन्द्र स्थापना गरिएको हो ।

घोराहीमा दुइ वटा, तुलसीपुरमा १, लमहीमा १ र बंगलाचुलि गाउँपालिकामा १ चिस्यान केन्द्र स्थापना भएका छन् । बेमौसमी तरकारी तथा फलपूmल जन्य वस्तुहरुले बजारमा मूल्य नपाए चिस्यान केन्द्रमा जोगाएर राख्न सकिने भएको छ ।लमहीको टिकुली गढमा करिव ३२ सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र केही बर्षदेखि संचालनमा रहेको छ भने घोराही बजारको ट्राफिक चोक नजिक पनि करिव ५०० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र संचालनमा छ ।

पछिल्लो समय तुलसीपुरमा १०० मेट्रिकटन र बंगलाचुली गाउँपालिकाको लोहारपानीमा १०० मेट्रिकटनको चिस्यान केन्द्र स्थापना गरिएको छ । घोराहीको गोग्लीमा पनि करिव २५ सय मेट्रिकटन कृषि उपज राख्न सकिने चिस्यान केन्द्र स्थापना गरिएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । किसानहरुले अहिले उत्पादन गरेको समाग्री तत्कालै बेच्ने गरेको र कृषकमा सचेतना पुग्न नसकेको कारण चिस्यान केन्द्रमा आउन नसकेको उहाँको भनाई छ ।।