करेण्ट लागेर बालकको मृत्यु



पाँचथर,२६ बैशाख, पाँचथरको फिदिम नगरपालिका ६ मगर गाउँमा करेण्ट लागेर बुधवार १ बालकको मृत्यु भएको छ । करेण्ट लागेर सोही स्थान बस्ने लाल वहादुर सारुमगरको छोरा वर्ष ११ को सनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।अपरान्ह ४ बजे साथीहरुसँग खेल्ने क्रममा विजुलीको पोलमा चढ््दा अचानक करेण्ट लागेर घाइते भएका मगरलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


Loading...