वडा नं १ का ४० घर ४०का लक्षित परिवारको स्वास्थ्य बीमा



Loading...

पोखरा,चैत्र २९ ।

पोखरा महानगर पालिका वडा नं १ को आयोजनामा आयोजित वडाका लक्षित नागरिकलाई स्वास्थ्य बीमा कार्ड वितरण“ कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडानं १ कार्यालयको आर्थिक सहयोगमा वडाका ४० घर लक्षित बिपन्न परिवारको लागि रु १लाख रुपैया बराबरको स्वास्थ्य बीमा प्रिमियम रकम तिरि नागरिकलाई स्वास्थ्य बीमा कार्य क्रममा आवद्ध बनाएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले मानव जीवनको यात्रा सधै जोखिममा हुने र कतिखेर के हुन्छ थाहा नहुने बताउदै सबैले स्वास्थ्य बिमा गरी समयमै सुरक्षित् हुनुपर्ने बताउनु भयो । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह, पत्रकार,नागरिक समाज र जनताका बीचमा सहकार्य गरि प्रभावकारीरुपमा आगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । गाँस,बास ,कपास, स्वास्थ्य ,शिक्षा र रोजगारलाई प्राथमिकतामा राखेर स्वस्थ्य महानरपालिका निमार्णका लागी स्वास्थ्य बीमा कार्यक्रमलाई पोखरा महानगरको प्रत्येक नागरिकको घरदैलो सम्म पुर्याउनु पर्ने र त्यसका लागि महानगर पालिकाले आवस्यक सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा उपप्रमुख गुरुङ्गले वडानं १ का ४० घर लक्षित् परिवारलाई स्वास्थ्य बिमाको कार्ड वितरण गर्नुभएको थियो ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले टोलटोल र वडा तहमा स्वास्थ्य प्रबर्द्धनात्मक कार्यक्रम अन्तर्गत वडाका लक्षित नागरिकलाई वडा नं १ले स्वास्थ्य बीमा गरेर राम्रो कार्यको शुरुवात गरेको बताउनुभयो। स्वास्थ्य वीमा वोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले सरकारले संचालन गरेको स्वास्थ्य वीमा सफल बनाउन पोखरा महानगर पालिका वडा कार्यालय १ ले ४० घर बिपन्न,असहाय लगायतका लक्षित समुहलाई स्वाथ्य बीमा गराएकोमा वडा अध्यक्ष शारदाकुमारी पराजुली र वडा कार्यालयलाई धन्यवाद दिदै एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने मानव स्वास्थ्यलाई हितमा राखी संचालित स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

वडा अध्य्क्ष शारदा कुमारी पराजुलीले स्वास्थ्य वीमा कार्यक्रम नागरिकका लागि आवश्यक छ यसलाई सफल बनाउन सबैले सामुहिक रुपमा प्रयास गर्नु पर्ने उल्लेख गर्नु भयो । आर्थिक अभावका कारण कोहीपनि नागरिक स्वास्थ्य उपचार सेवा बाट बन्चित हुन नपरोस भनेर नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमका माध्यम बाट नागरिकको उपचारका लागि सहयोग प्रदान गर्दै आएको छ। नयाँ व्यवस्था अनुसार ५ जना सम्मको परिवारले वार्षिक ३५०० प्रिमियम तिरे पछी १ लाख सम्मको स्वास्थ्य उपचार सुबिधा स्वास्थ्य बीमा कार्यक्रम मार्फत प्राप्त गर्न सकिन्छ । यसका लागि सबैले आ९आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने कुरामा कार्यक्रममा सहभागीहरुको जोड रहेको थियो। शहरी स्वास्थ्य केन्द्र, बगरमा सम्पन्न उक्त कार्यक्रमको पोखरा महानगर पालिका वडा नं १ का वडा अध्यक्ष शारदा कुमारी पराजुलीकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत वडा सदस्य प्रेमदेवी परियार र कार्यक्रम संचालन तथा वडा सचिव कुलराज शर्माले गर्नुभएको थियो ।