तेस्रो स्वास्थ्य बीमा दिवस मनाइयो “ स्वस्थ्य नेपाल निर्माणको लागि स्वास्थ्य बीमा सबैलाई अपरिहार्य “




चैत्र २५ , पोखरा । तेस्रो स्वास्थ्य बीमा दिवसको अवसरमा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयले पोखरामा स्वास्थ्य बीमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । स्वस्थ नेपाल निर्माणका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन नागरिक र सरोकारवालाहरुले साझा दायित्वको रुपमा ग्रहण गर्नुपर्ने कुरामा जोड दिदै कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री माननीय नरदेवी पुनले नागरिकलाई स्वास्थ्य सेवा प्रादायक अस्पतालहरुल ेगुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह, पत्रकार,नागरिक समाज र जनताका बीचमा सहकार्य गरि प्रभावकारी रुपमा आगाडी बढाउनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा सहभागीहरूले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई प्रत्येक नागरिकको घरदैलो सम्म पुर्याउन पर्ने बताए ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेश प्रसाद अधिकारीले स्वास्थ्य बीमालाई सफल कार्यान्वयनको दिशामा आगाडी बढाउनुको विकल्प नभएको बताउनुभयो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पश्चिमान्चल क्षेत्रीय अस्पताल) का निर्देशक डा. अर्जुन आचार्यले स्वास्थ्य बीमा कार्यक्रमबाट धेरै नागरिकहरु लाभान्वित भएको र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सेवा प्रदायक अस्पतालमा प्रयाप्त मात्रामा जनशक्ति, भौतिक पूर्वाधार र औजार उपकरणको व्यवस्था राज्यले गर्नुपर्ने औल्याउनुभयो ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले टोलटोल र वडा स्तरमा स्वास्थ्य प्रबर्द्धनात्मक कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा सम्बन्धि प्रचारात्मक र सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम पुर्याउदै यसलाई सफल बनाउनु पर्नेमा जोड दिनुभयो ।
मातृशिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रेम राज पंगेनीले स्वास्थ्य बीमा कार्यक्रमले नागरिक र अस्पताल दुबैले यसलाई अवसरको रुपमा लिनु पर्नेमा जोड दिनुभयो।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले राज्यले स्वास्थ्य वीमा कार्यक्रमको सुविधा थैलीलाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै नागरिकलाई स्वास्थ्य जीवन शैली अपनाउँदै राज्य प्रतिको दायित्व अन्तर्गत स्वास्थ्य वीमा हो र अवाश्क्तामा राज्यले दायित्व लिन्छ भन्ने कुराको प्रत्याभुति गराउनु पर्ने बताउनु भयो ।
कार्यक्रमा सहभागीहरुले स्वास्थ्य वीमा मानव सेवा संग जोडीएको कार्यक्रम भएको हुँदा सेवा प्रदायक, चिकित्सक र स्वास्थ्य कर्मीले जतनालाई गुरस्तरीय स्वास्थ्य सेवा कसरी दिन सकिन्छ त्यस तर्फ मन बचन र कर्मले लाग्नु पर्ने बताए साथै स्वास्थ्य वीमा को सदस्यता दर्ता बृद्दीका लागि सेवा प्रदायकले सेवाप्रवाह चुस्त दुरुस्त रुपमा अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिए ।
स्वास्थ्य वीमा वोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले गण्डकी प्रदेश अन्तर्गतको प्रगति विवरण प्रस्तुत गर्दै असल र पवित्र सकरात्मक सोचका साथ सरकारले संचालन गरेको स्वास्थ्य वीमा सफल बनाउन सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्वास्थ्य वीमा फोकल पर्सन भीम प्रसाद पौडेल, मणिपाल शिक्षण अस्पतालका निर्देशक एएल शर्मा र फार्मेसी इन्चार्जडा. सुदेश ज्ञवाली, गण्डकी मेडिकल कलेजका मे.सु. टुमाया घले, नागरिक समाज कास्कीका अध्यक्ष बिष्णुहरि अधिकारी, स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी लक्ष्मी अधिकारी, इन्दिरा पन्त, कल्पना गौतम लगायतले संविधान प्रत्याभुती गरेको स्वास्थ्य वीमा कार्यक्रम नागरिकका लागि आवश्यक रहेकोले यसलाई सफल बनाउन सबैले मन बचन र कर्मले सामुहिक रुपमा प्रयास गर्नु पर्ने उल्लेख गरे । उक्त कार्यक्रममा कास्की जिल्लाका प्रमुख अस्पतालका प्रमुख, स्वास्थ्य वीमा फोकल पर्सन, फार्मेसी इन्चार्ज, पत्रकार स्वास्थ्य वीमाका दर्ता सहयोगी र सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
आर्थिक अभावका कारण कोहीपनि नागरिक स्वास्थ्य उपचार सेवा बाट बन्चित हुन नपरोस भनेर नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमका माध्यम बाट नागरिकको उपचारका लागि सहयोग प्रदान गर्दै आएको छ। गण्डकी प्रदेशको स्वास्थ्य बीमा लागु भएकाजिल्ला बाग्लुङ, कास्की, म्याग्दी, तनहुँ र गोरखामा हाल सम्म ५४ हजार एक सय दश परिवारका २ लाख ४४ हजार ५ सय सत्र सदस्य स्वास्थ्य बीमामा आबद्ध भएका छन भने बाग्लुङ, तनहुँ र गोरखाका ५,७२८ अति गरिब परिवारहरुको बीमा नेपाल सरकारले निशुल्क रुपमा गरिदिएको छ । हाल गण्डकी प्रदेश अन्तर्गतका स्वास्थ्य बीमालागु भएका ५ जिल्लामा २७ वटा सेवा प्रादायक अस्पतालहरुबाट स्वास्थ्य बीमाका बिमितहरुलाई सेवा प्रदान गरिरहेका छन ।
स्वास्थ्य तालिम केन्द्र पोखराको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेल र संचालन स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी खेम नारायण चौधरीले गर्नुभएको थियो ।
२०७२ चैत २५ गते कैलाली जिल्लाबाट दर्ता शुभारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रम हालसम्म ४२ जिल्लामा विस्तार भएको छ सोहि सन्दर्भमा तेस्रो स्वास्थ्य बीमा दिवस मनाइएको हो।

 


Loading...