इटहरीलाई राजधानी नबनाए ठुला नेतालाई पवेश निषेध गर्ने चेतावनी



Loading...

तेजबहादुर बन, इटहरी । सरकार भित्रै प्रदेशको नामाकरण तथा स्थायी राजधानिको बहस चलिरहेकाे बेला इटहरीलाइ प्रदेश एककाे राजधानी घाेषणा गरिनुपर्ने माग राख्दै राजधानी सराेकार समाजले शुक्रबार बिभिन्न दबाबमुलक कार्यक्रम ल्याएकाे बताएकाे छ । बढदाे सहरीकरण संगै पछिल्लाे समय पूर्वकै ब्यापारीक हव समेत बनेकाे सुनसरीकाे इटहरीलाइ प्रदेश एककाे राजधानी बनाउन दबाब स्वरूप समाजले स्थानीय , प्रदेश तथा केन्द्रिय सरकारलाइ समेत दबाब दिन बिभिन्न कार्यक्रमहरू ल्याउने जनाएकाे हाे ।

शुक्रबार इटहरीमा सञ्चारकर्मिहरूसंग कुरा गर्दै राजधानी सराेकार समाजले इटहरीलाइ प्रदेश एककाे राजधानी नबने ठुला नेतालाइ इटहरी प्रवेशमा राेक लगाइने चेतावनि समेत दिएकाे छन् । इटहरीमा प्रसस्त भौतिक पुर्वाधार, शान्ति सुरक्षा, चौतर्फी सडकको पहुुँच तथा खाली जग्गाहरु भएको कारण राजधानि बनाउन उपयुक्त हुने दावी गरेका छन् । अन्तराष्ट्रिय प्रचलनलाई पनि हेर्ने हो भने सिमाक्षेत्र नजिक भएको क्षेत्रमा राजधानी बनाउन नमिल्ने सरोकार समाजले बताएको छ । इटहरीमा व्यवसायीक केन्द्र देखि सुरक्षाको दृष्टिकोणले पनि मजबुद भएको र सबै जिल्लालाई सहज पर्ने देखिएकाले प्रदेश एककाे राजधानी इटहरी नै हुनुपर्ने उनीहरुको जोड थियो ।

इटहरीलाइ राजधानी बनाउन पहिलाे चरणमा नमुना मतदान गर्ने त्यसपछि बिभिन्न दबाबमुलक आन्दाेलनहरू गरिने पनि पत्रकार सम्मेलनमा जनाइएकाे छ । राजधानी सराेकार समाजका संयाेजक तथा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चाैधरीकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा उपस्थित नेताहरूले आआफ्नो स्थानबाट दबाब दिनुपर्ने बताएका थिए ।