दोलखाको लामाबगरमा बस दुर्घटना, २ जनाको मृत्यु २३ जना घाईते



दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा बस दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । सिनो हाइड्रो प्रोजेक्टको कामदार लाने, ल्याउने बा ४ ख ४५ ७३  नम्बरको रोल्वालिङ यातयातको बस उकालो घुमाउरो बाटोमा आज विहान साँढे सात बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि सुर्खेतका ३८ वर्षिय दिनेश थापा, लमजुंगका ४४ वर्षिय हिरा प्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा बस चालक सहित २३ जना कामदार घाइते भएका छन् ।

दुर्घटनाका घाइते ५ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल चरिकोट, प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट, सामुदायिक अस्पताल सिंगटीमा उपचार भइरहेको छ । बस सडक बाट करिब १५ मिटर तल खसेको थियो ।