न्यूजिल्याण्डको क्राइस्टचर्चमा गोलीहानी कम्तिमा ४९ मानिसको हत्या



न्यूजिल्याण्डको क्राइस्टचर्चका दुई मस्जिदहरूमा गोलीहानी कम्तिमा ४९ जना मानिसको हत्या भएको छ । यस आक्रमणमा अन्य २० जना भन्दा बढी व्यक्तिहरू गम्भीर घाइते भएका छन्। न्यूजील्याण्डका प्रधानमन्त्रिले यसलाई आतंकवादी हमलाको सज्ञा दिएकी छन ।

प्रधानमन्त्रि जैसिंडा अर्डनाले शुक्रवारको लागि 'कालो दिन' लाई घोषणा गरेकी छन् , मृत्यु हुनेको पुष्टि गर्दै उनले भनिन एक महिला सहित चार जनालाई पक्राउ गरिएको छ। अहिले सम्म खतरा समाप्त भएको छैन यस कारण सर्तक रहन आफ्ना नगरिकलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया
अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले उक्त आक्रमणमा एक २८ वर्षीय अस्ट्रेलियन नागरिक सालेल भएको पुष्टि गरेको छन्। उनले आक्रमणकारीलाई "धेरै अधिकारवादी आतंकवाद" भन्दै "यो घटनाले हामीलाई बताउँछ कि खराब मानिसहरु सधैं हाम्रो बीचमा छन् र उनीहरूले कुनैपनि समयमा यस्ता आक्रमण गर्न सक्छन्।"

यता न्यूजील्याण्ड भ्रमणमा रहेको बंगलादेश क्रिकेट टोलीका खेलाडीहरूले ट्विटर मार्फत सुरक्षित रहेको जानकारी दिएका छन्। टोलीको न्यूजील्याण्डसगको खेल भने घटनाको कारण रद्द भएको छ। "