इटहरीमा अपराध र गुण्डागर्दि शुन्यमा झार्छु – डिएसपी खरेल



Loading...

इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा नयाँ प्रहरी प्रमुखकाे कार्यभार सम्हालेका प्रहरी नायव उपरिक्षक(डिएसपी)समिर चन्द्र खरेलले गुण्डागर्दि र अपराध शुन्यमा झार्ने प्रतिवद्धता जाहेर गरेका छन । शुक्रबार बिहान प्रहरी कार्यालयमा पत्रकारहरूस.ग कुराकानि गर्दै डिएसपी खरेलले इटहरीमा अपराध शुन्य बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै खरेलले इटहरीमा फरार अपराधीहरुको डाटा अफडेट गरेर उनीहरुमाथी निगरानी बढाउँदै कारबाही गरिने बताए । मावन बेचबिखन र यौन व्यवसाय नियन्त्रणलाई समेत प्राथमिकतामा राखेर काम गर्ने खरेलको भनाइ छ ।

प्रतिबन्धित लागु औषध नियन्त्रण, फरार अभियुक्त पक्राउको लागि सबैसँग मिलेर काम गने खरेलको भनाइ छ । खरेलले समूदाय संग प्रहरी कार्यक्रम मार्फत समूदायमा सचेतनात्मक कार्यक्रमहरुलाई तिब्रता दिने योजना रहेकोे जानकारी दिएका हुन ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा बिशेष योजनाका साथ प्रहरीले प्रविधिहरुको प्रयोग गरि अपराधिक घटना न्यूनिकरण गर्ने खरेलले बताए । तिन बर्ष अगाडिको प्रहरी तथ्थांकलाई हेर्दा २०७३।७४ देखि हालसम्म गुण्डागर्दीको मुद्धा बढी देखिएका कारण आफ्नो पनि पहिलो प्राथमिकता गुण्डागर्दी नियन्त्रण गर्नुनै रहेको खरेलले बताएका हुन ।