प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा चार घाइते



नवलपुरको कावासोतीमा प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा चार जना घाइते भएका छन् ।

कावासोती नगरपालिका –१६ को चालिस किलो जंगल नजिकै लु १ च ७४२५ नम्बरको बिरामी बोकेको नेपाल रेडक्रस उपशाखा अरुणखोलाद्वारा सञ्चालित एम्बुलेन्सले प्रहरी चढेको बा २ झ १४६५ नम्बरको गाडीलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार बिरामीसहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।