दाङमा बलत्कारका घट्ना बढ्दै, निशानामा १० वर्ष देखि १६ वर्षसम्मका बालिका



जीतसागर जी.एम. । फागुुन २१ गते घोराही उपमहानगरपालिका–४ की १४ वर्षिय एक बालिका बलात्कृतमा परिन् । बालिका बलात्कृत भएको जाहेरी प्रहरीमा परेपछि बालिका बलत्कारको अभियोगमा प्रहरीले फागुुन २४ गते रोल्पाको रुण्टीगढी गाँउपालिका–१ का युवराज रानालाई पक्राउ ग¥यो । पक्राउ परेका रानालाई प्रहरीले कार्बाहीका प्रक्रिया अघि बढाएको छ ।

त्यस्तै फागुुन २४ गते नै बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१९ का सन्तोष घर्तीमगर पक्राउ परे । फागुुन १७ गते सोहि ठाँउ निवासी १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परे । पिडितका दाजुुले बालिकालाई जबरजस्ती करणी भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको थियो । पक्राउ परेका घर्तीमगरलाई प्रहरीले अनुुसन्धान थालेको छ ।

प्रहरीले त्यसैको ठिक एक दिन अघि अर्थात फागुुन २३ गते घोराही उपमहानगरापलिका–१० चारबगियाकी १० वर्षिया एक बालिकालाई फागनुु १ गते बलत्कार गरेको अभियोगमा सोहि ठाँउका १३ वर्षिय बालकलाई पक्राउ गरेको थियो । घटनामा संलग्न बालकलाई पनि जबरजस्ती करणीको अभियोगमा मुुद्धा अघि बढेको छ ।

यि त प्रतिनीधिमुुलक घटनामात्र हुुन् । दाङमा पछिल्लो समय दैनिकजसो जवरजस्ती करणीका घटना बढ्दै जान थालेका छन् । ति घटनामा अधिकांश बालिका निशानामा पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुुसार १० वर्ष देखि १६ वर्षसम्मका बालिकाहरु धेरै पर्ने गरेका छन् । चालुु वर्षमा जबरजस्ती करणीमा १० देखि १६ वर्ष सम्मका बालिका १४ जना बालिका परेका छन् । जिल्ला प्रहरी कार्यालय राजन गौतमका अनुुसार जबरजस्ती करणीको शिकारमा १६ वर्षदेखि २५ वर्षसम्मका १२ जना , २६ देखि ३५ वर्ष सम्मका ९ जना र ३६देखि ४५ वर्षसम्मका २ जना महिला परेका छन् ।

गत भदौ १ मा जारी भएको नयाँ मुुलुुकी ऐनमा बलत्कार जस्तो जघन्य अपराधमा संलग्न दोषिलाई कडा कानुुनको व्यवस्था गरिएको छ तर कानुुन व्यवस्था कडा हुुँदापनि जबरजस्ती करणीका मुुद्धामा कमि आउन सकेको छैन् । बढ्दै गएको सुुचना प्रविधिको गलत प्रयोग, बालबालिका प्रति अभिभावकको निगरानी कम, कानुुनको सचेतनाको अभाव लगायतका कारण बलत्कारका मुुद्धा बढ्दै जान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुुख एसपी बेलबहादुर पाण्डेले बताए ।

बर्तमान अवस्थामा बलत्कारको शिकार सबैभन्दा बढी बालिकाहरु पर्नुुको कारण बढ्दै गएको सुुचनाप्रविधिको गलत प्रयोग नै प्रमुुख हो , अझ कतिपय घटना बालकले नै बालिकालाई जबरजस्ती करणीको घटना पनि छन् उनले भने – साइबर क्राइमका हिसाबले पनि इन्टरनेटको प्रयोगकै कारण छ भने अर्को कुुरा कानुुनी कार्यान्वयमा फितलो हुुँदा यस्ता घटना झनै बढ्दै गएको पाईन्छ , पछिल्लो समय घटना लुुकाउन हुुन्न भनेर न्यायको ढोकासम्म आउने गरेका छन् , पिडितहरु यसकारण पनि घटना बढेको अनुुमान गर्न सकिन्छ ।

दैनिक रुपमा हुुने जबरजस्ती करणीका दोषि कानुुनको दायरमा आउने गरेको प्रहरीको दावि छ तर घटनामा भने कमि आउनुुको साटो बढ्दै गएको देखिन्छ । यता बितेको वर्षको तुुलनामा यस वर्ष झनै बलत्कारका घटना बढेका छन् दाङ देउखुरी जिल्ला अदालका न्यायधिस इश्वरीप्रसाद गौतमले भने– १० देखि १८ वर्ष सम्मका बालिकाहरु जबरजस्ती करणीको शिकार हुुने गरेका छन्, कानुुनी व्यवस्थामा यो उमेर समुुहका दोषिलाई २० देखि २५ वर्ष सम्म कैदको व्यवस्था गरिएको छ उनले भने– चालुु वर्षमा मात्रै १७ वटा जबरजस्ती करणीका मुुद्धा फच्र्यौट गरेका छौँ , फच्र्योट गरिएका करिब ९० प्रतिशत मुुद्धा बालिका जबरजस्ती करणीका रहेका छन् ।

दाङ देउुुखरी जिल्ला अदालतका अनुुसार अझै ४८ मुुद्धा फच्र्यौट हुुन बाँकी छ । फच्र्यौट हुुन बाँकी पनि अधिकांश १० देखि १८ वर्ष सम्मका बालिका रहेका छन् न्यायधिस गौतमले भने– अरुको तुुलनामा बालिका बलत्कारका घटनामा संलग्नलाई कानुुनी सजाय बढी छ ।।