बन्दले प्रदेश पाचको जनजीबन प्रभावित, नेपालगञ्जमा बम फेला



घोराही, सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण दाङ सहित प्रदेश पाँचका १२ वटै जिल्लामा प्रभाव परेको छ । मध्यपश्चिमका पहाडी जिल्लापछि प्रदेश पाँचमा चन्द समूहको प्रभाव बढी छ ।

विहानैदेखि यस क्षेत्रमा सवारी साधन चलेका छैनन् भने उद्योग कलकारखाना, शिक्षण संस्था पनि बन्द भएका छन् । सम्भावित घटनालाई मध्यनजर गरेर यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाँकेको राँझा चोक नजिकै आज बम भेटिएपछि नेपालगञ्जमा सेनाले गस्ती सुरु गरेको छ । राँझा चोकदेखि करिब ५ सय मिटर उत्तर डिभाइडरमा कालो प्लाष्टिमा बेरेर राखिएको अवस्थामा भेटिएको सकेट बम सेनाले निष्क्रिय बनाएको छ ।