बसले ठक्कर दिदा एक भारतीय नागरिकको मृत्यु



Loading...

सर्लाहीको मलंगवामा एकाबिहानै जन्ती आएका युवकको मृत्यु भएको छ । मलंगवा १ भेडियाहिमा जन्ति आएका उनलाई बसले ठक्कर दिएर मृत्यु भएको हो । भारतको सीतामढी जिल्ला मोहनपुरबाट मलङ्वा नगरपालिका १ भेडियाहिमा जन्ती आएका थिए ।

मृत्यु हुनेमा सीतामढी मोहनपुरका अन्दाजी २३ वर्षका अमरनाथकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जन्ति बोकेर आएको बी आर ३० पी ३०२७ नम्बरको बसले किच्दा रायको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिनुभएको छ ।

घटना बिहान ३ बजेतिर भएकाले चालक फरार भएका छन् । बस प्रहरीको नियन्त्रणमा रहेको छ । चालकको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।