सर्लाहीमा सेभ द चिल्ड्रेन र राष्ट्रिय रोजगार प्रवर्धन केन्द्रको सहयोगमा तिनओटा विद्यालय निर्माण



सर्लाही फागुन २९ । सेभ द चिल्ड्रेन र राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र सर्लाहीको आर्थिक सहयोग र समुदायको सक्रीय सहयोगमा सर्लाहीको गोडैता नगरपालीका का तिनओटा विद्यालयहरुमा करिब ४२ लाख बराबरको निर्माणकार्य गरी मंगलबार हस्तान्तरन गरेको छ ।

गोडैता नगरपालिका ५ रामबनमा अवस्थित श्री जन्ता माध्यमिक रामवनमा नमुना बाल विकाश केन्द्रका लागी रु.१५१३०३७.८७ को लागतमा पक्की भवन विधालयका प्र.अ.ब्र्रम्हानन्द साह लाई हस्तान्तरन गरिएको छ। त्यस्तै गोडैता ना.पा.५कै श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभुत विधालयमा रु.१४०९३७२.६९ बराबरको लगानीमा निर्माण भएको ढोका सहितको पर्खाल विधालयका संरक्षक राम चन्द्र महतो लाई हस्तान्तरन गरिएको छ ।

गोडैता न.पा.२ मा अवस्थित श्री अवध सिया आधारभुत विधालयमा पनी रु.१३६७२२५.८५ बराबरको लागतमा ढोका सहितको पर्खाल निर्माणगरी विधालयका प्र.अ.नवल किशोर महतो लाई प्रदान गरीएको छ । छट्टाछुट्टै भएको हस्तान्तरन कार्यक्रममा प्रमुख अतिथी देवेन्द्र कुमार यादवले निमार्णकार्य हरुलाई उदघाटन गर्नु भएको थियो । कार्यक्रममा मेयर यादवले शिक्षाको विकाश गर्नका लागी आफु सदैव तैयार रहेको बताउनुभयो । “म आफनो कार्यकाल भित्रमा सबै विधालयलाई विकसित बनाउँछु र कम्तीमा ४ वटा विधालयलाई नमुना सरह बनाउँछु” । सर्लाही जिल्ला शिक्षमा ७६ औ स्थानमा रहेपनी विकसीत जिल्लाको भन्दा शिक्षाको बजेट सर्लाहीमा पर्याप्त नभएकोमा प्रदेश सरकारले विभेद गरेको आरोप पनी लगाउनुभयो ।

सेभ द चिल्ड्रेनले निरन्तर विश्वका १०० भन्दा बढी देशका बालबालीका हरुको सर्वाङ्गीन विकाश का लागी विभन्न कार्यक्रमहरु गर्दै आफनो सय वर्षमा प्रवेश गरेको छ । आफनो संस्थाले छोटो समयमा नै बलियो र भरपर्दो विकाश गरेका सर्लाहीका वरिष्ठ सँयोजक उमेश कुमार गुप्ताले बताउनुभयो ।

विस्तारै आफनै गाँउ घरको विधालयहरु नमुना सरह भएपछी विधार्थीहरु पनी पढाईमा रुचि देखाएका छन । कुनै बेला श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभुत विधालयमा ४० ओटा विधार्थी लाई रुखको छहारीमा पढाउने बाध्यता थियो तर अहिले विधालयमा लगभग ७०० भन्दा बढी विधाथीहरु छन । त्यस्तै श्री जन्ता माध्यमिक विधालय रामबनमा पनी भवन को अभावका कारण बाल विकाशका विधार्थी लाई पढाउन गाह्रौ थियो तर नमुना बाल बिकाश भवन पाएपछी यो समस्या समाधान भएको प्र.अ. साहले बताउनुभयो ।