माघ १८ गते प्रदर्शनमा आउने फिल्म 'रणवीर'को गीत सार्वजनिक



यहि माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'रणवीर'को " तिरिमिरी तिरिमिरी तिन तारा " बोलको गीत सार्वजनिक गरिएको छ। लोक संगीत मा रहेको गीतमा राजन राज शिवाकोटी र अन्जु पन्तले स्वर दिएका छन् भने राजनकै शब्द तथा संगीत रहेको छ ।

फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। फिल्ममा निर्देशक गोविन्दको कथा, पटकथा र संवाद छ। फिल्ममा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द छ। सुशील, शुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेललगायतको जोडदार अभिनय रहेको यस फिल्म प्रेमकथामा आधारित रहेको निर्माण युनिट जानकारी दिएको छ ।


Loading...