दयाहाङ अभिनित फिल्म "आप्पा" को पहिलो गित "हावा सरर " सार्वजनिक



Loading...

नेपाली कथानक चलचित्र आप्पा को पहिलो गीत "हावा सरर " सार्वजनिक भएको छ। थुप्देन भुटिया र स्नेह श्री थापाको स्वरमा सजिएको गितको निर्देशक अनमोल गुरुङले सङ्गीत भरेका हुन् । दार्जीलिङ र कलिम्पोंग को रमणीय स्थानमा छायाकन गरिएको यस गीतको शब्द उमेश उपामाको हो।

फिल्ममा चर्चित अभिनेता दयाहाङ राई ‘आप्पा’ को भुमिकामा देखिने छन्। एक ड्राइभर बुबाको भुमिकामा दयाहाङ चलचित्रको शिर्ष भूमिका मा रहने निर्मार्ण युनिटले जानकारी दिएको छ । दर्सक माझ कौतुहलता बनेको यस चलचित्र ‘आप्पा’ यहि ०७६ जेठ २४ बाट प्रदर्शनमा आउने भएको छ।

अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङसँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चालगायतको अभिनय रहेको छ।