बाल्यकालको रहरले कलाकार बनायो डिजे जोडिलाई(हेर्नुस भिडियो सहित)



Loading...

झापा, ४ माघ । डिल्लीराम ओझा र जिवन भट्टराई यि दुई व्यत्ति यतिबेला कमेडियन डिजे जोडिको रुपमा सबैमाझ लोकप्रिय बन्दै गएका छन् । उनीहरु लोकप्रिय बन्नुको कारण उनीहरुमा भएको प्रतिभा हो ।

ओझा र जिवन एकसाथ १ सय भन्दा बढिको क्यारीकेचर गर्न सक्छन् । उनीहरुले पूवका थुप्रै स्टेज प्रोग्राममा पुगेर प्रतिभा प्रस्तुत गर्ने गरेका छन् । अहिले आएर पूवका स्टेच प्रोगामहरुमा निम्त्तो आउन थालेको भट्टराईले बताए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड लगायतका नेता, अन्य कलाकारहरु तथा काटुन जोडी मोटु पत्लु आदि जस्ता १ सय भन्दा बढिको क्यारीकेचर हुबहु गर्न सक्छन् । उनहरुले भने, ‘बाल्यकालमा यतिकै रेलामा क्चारीकेचर गरियो, अहिले आएर यसैलाई सबैले मन पराईदिनु भएको छ ।’ उनीहरुले विद्यालय स्तरमा हुँदा देखि नै विभिन्न व्यत्तिहरुको क्यारीकेचर गर्ने गरेका थिए ।

पछिल्लो समयमा सबैले आफुहरुको प्रतिभा मन पराउन थालेपछि उनीहरु स्टेज प्रोगाममा समेत उपस्थीत हुन थालेको डिजे जोडीका अर्का पात्र डिल्लीराम ओझाले बताए । कमेडीयन डिजे जोडिले मानिसको मात्र आवाज हुबहु निकाल्न सक्ने बताए । चराचुरुङ्गी तथा पशुजन्य जनावारहरुको भने बिस्तारै सिक्दै जाने समेत उनीहरुले बताए । उनीहरुले अहिले गर्दै आएको १ सय भन्दा बढिको क्यारीकेचर ३ देखि ४ महिनाको बिचमा अभ्यास गरेको उनीहरु बताउाछन् । भट्टराई र ओझाको घर फरक फरक स्थानमा भएता पनि उनीहरु दुवैजना हाल मोरङमा बस्दै आएको जानकारी दिए । पढाईको शिलशिलामा उनीहरु मोरङमा बस्दै आएका हुन् । हाल उनीहरु कक्षा १२ मा अध्यनरत छन् ।