पोखरामा एक महिने अभिनय प्रशिक्षण हुदै, अभिनय सिक्न तयार हुनुहोस !



पोखरा, ९ फागुन. वरिष्ठ रंगकर्मी सुनील पोख्रेलद्वारा संचालित डिस्कभर योर सेल्फ काठमाडौसंग समन्वय गरि पोखरामा सञ्चालन भैरहेको 'डिस्टो«य योर सेल्फ ' द्वारा इम्प्रोनेपाल २०१९ एक महिने अन्तरास्ट्रिय अभिनय प्रशिक्षण सञ्चालन हुने भएको छ ।

यही फाल्गुन १९ देखि चैत्र १९ सम्म पोखरा ९ साम्सुङ गल्लीमा रहेको आर्ट क्वार्टरको हलमा सन्चालन हुने छ । दैनिक ४ घन्टा हुने उक्त प्रशिक्षण कक्षामा जम्मा २५ जना प्रशिक्षार्थीहरुलाई भर्ना लिईनेछ ।

भोइला स्पोलिन अभिनय सिद्धान्तका प्रचारक अमेरिकी कलाकार, लेखक तथा निर्देशक ग्यारी स्वार्ज र फ्रान्सेली कलाकार तथा निर्देशक लोरा फिलिपले प्रशिक्षण गराउने उक्त कक्षामा अभिनय सिद्धान्त शारीरिक भाषा , स्वराङ्कन तथा वक्तृत्व , कथा निरीक्षण , संवाद विश्लेषण साथै व्यक्तित्व विकास गराउने क्रियाकलापहरु समावेश गराइनेछ ।

अन्य देशका प्रशिक्षार्थीहरु समेत सहभागी हुने यस अन्तर्रा्ष्ट्रिय अन्तर सांस्कृतिक अभिनय प्रशिक्षण पश्चात ' डिस्टो«य योर सेल्फ ' द्वारा मञ्चन गरिने नाटकमा प्रत्यक्ष सहभागी गराई पोखरा लगायत अन्य सम्भावित ठाउँहरुमा प्रदर्शन गर्ने उद्देश्य रहेको आर्ट क्वार्टरका आर्ट डिरेक्टर भूपेन्द्र ढकालले जानकारी दिए ।


Loading...