घरमा थाहा नपाउन भनेर नाम नै परिवर्तन गरेँः गायक केसी



Loading...

जीतसागर जी.एम.,घोराही, १ फागुुन । समय धेरै भएको छैन्, २ वर्ष मात्रै भयो मैले गित गाएको, श्रोता तथा दर्शकको मायाँ यति पाउँछुु भन्ने कल्पना गरेको पनि थिएन तर पनि उहाँहरुको साथले म आज यो स्थानमा छुु –लोकदोहरीको क्षेत्रमा उदाउँदै गरेका गायक काल्पनीक केसीले भने । आज भन्दा करिब २ वर्ष अघि मात्रै अर्थात २०७३ सालतिर हान्यो हान्यो छक्का बोलको लोक दोहोरी गितमा स्वर दिएका गायक काल्पनिक पछिल्लो समय लाखौँ श्रोताको ढुुकढुकी बन्न सफल भएका छन् ।

कर्णाली प्रदेश सल्यान जिल्लाको कपुुरकोट गाउँपालिका–६ सिनवाङमा जन्मीएका काल्पनीक २१ वर्षको उमेरमै संगितको दुनियामा सफल बनेका छन् । सानोमा केहि कल्पना पनि गरेको थिएँन, गित गाउँछुु, गायक बन्छुु भन्ने केहि थिएन तर साथीभाईको संगतले गितसंगितमा लागेँ–उनले भने । गितसंगितको यात्रामा लागेको प धेरै पनि भएको छैन् तर मेरा कोशेली श्रोताले मन पराईदिनुुभएको छ , म मेरो स्रोता र शुुभेच्छुुकप्रति निकै आभारी छुु उनले भने ।

"हान्यो हान्यो छक्का
चोखो जोवान चोखो छ मनपनि तिम्लाई भयो पक्का..................."

बोलको पहिलो गित बजारमा ल्याएका काल्पनीकका बजारमा करिब १७ वटा गित सार्वजनिक भईसकेका छन् । बजारमा ल्याएका अधिकांश गित स्रोताले मन पराउनुुभएको छ उनले भने । पढाईमा अब्बल उनले सानो उमेरमा खासै संगिततिर नलागेकाले पनि मेरो शुुरुको गित आउँदा त साथीहरुले अरुको स्वरमा नाम हालेको होस पनि भने तर पछिल्ला मेरा गित आउन थालेपछि साथीहरुले विश्वास गर्न थाले ।

कक्षा १२ पास गर्दासम्म गितसंगितमा लाग्छुु भनेको थिएन् तर जब काठ्माण्डौमा जब आएँ तब मेरो संगत कला र संगितलाई माया गर्ने मान्छेसंग हुुन थाल्यो त्यसपछि मैले गित बजारमा ल्याउने कोशिस गरेँ, त्यतिबेला होस या अहिले पनि मलाई अहिलेका चर्चित गायक गोपालनेपाल जीएमले संगितमा लाग्न प्रेरित गर्नुुभएको छ उनले भने । बुुवा नैनबहादुुुर खत्री र आमा टिकाकुुमारी खत्रीका जेठो छोरा उनि अध्ययनका लागि काठ्माण्डौमा छन् ।

साईन्स विषय अध्ययन गर्नका काठ्माण्डौमा बुुवा आमाले पठाउनुुभयो, छोरो पढन गएको छ भनेर बुवाआमाले भनिरहँदा गितसंगितमा लागेको थाहा पाउनुुहुुन्छ भनेर शुुरुको गितमा बास्तविक नाम भन्दा फरक नाम राखेँ अर्थात अहिले सबैले काल्पनिक भनेर चिन्न थाल्नुुभयो उनले भने । पढ्न आएको छोरा गित गाउन थालेपछि पढाई बिग्रन्छ भनेर बुुवाआमाले अहिले पनि बेलाबेलामा भन्नुुहुन्छ तर म गितसंगित भन्दा टाढा रहन सक्दैन् । गितसंगितमा कति लगानी पुुग्यो ? भन्ने प्रश्नमा उनले भने अहिले सम्म घाटा पनि छैन् नाफा पनि छैन् घुुमाउरो पारामा जवाफ दिए । उनले गित गाउनका लागि आफुुले भन्दा पनि अरुकै गित बढी गाउने गरेको अनुुभव सुुनाए ।

करिब १ दर्जन भन्दा बढी गित बजारमा आएको बताउँदै उनले भने– मेरा हरेक सृजना मौलिक कला, संस्कृतीसंग बढी सम्बन्धित हुने भएका कारण पनि स्रोताले मन पराउनुुभएको छ । सानै उमेरमा साइन्स विषयमा बिए सम्मको अध्ययन पुरा गरेका उनले पढाईलाई निरन्तर अगाडी लगिरहेको प्रदेश टुुडेसंगको भेटमा बताए । उनले आफुु संगितको दुनियामा उचाईमा पुुग्नुु साथीसंगी संगै मिडियाको पनि ठुुलो साथ रहेको समेत बताए । नब उदायमान लोकदोहोरी गायकको रुपमा परिचीत गायक केसीले अब युुवापुुस्तालाई लक्षित गरेर नयाँ कोसेली ल्याउन थालेको बताए ।

हान्यो हान्यो छक्का पहिलो गितमा झुमा डाँगीसंगको सहयात्रा पछिल्लो कोशेली सल्यानी कला,संस्कृतिमा आधारित टप्पा गितमा पनि साथ रहेको बताए । बेला बैँश बोलको गित उनको पछिल्लो कोशेली हो । उनको उक्त गितमा बिक्रम चौहान र अन्जली अधिकारीको अभिनय रहेको छ । उनको गित मध्यपश्चिममा प्रचलित टप्पा गितको म्युजिक भिडियो मेशना डिजिटल मार्फत भर्खरै मात्र सार्वजनिक भएपनि धेरैले मन पराएको उनले बताए ।

स्वरका धनि काल्पनीकले आफै शब्द सृर्जना र संगित पनि गर्ने गरेका छन् । उनले आफुले सृजना गरेका गितमा चर्चित गायक राजुु परियार, खुुमन अधिकारी, देवी घर्ती लगायतले स्वर दिएको बताए । गितसंगितमा विकृति भित्रिएको जस्तो लाग्छ की लाग्दैन् भन्ने प्रश्नमा उनले केहि समय अघि विकृति भएपनि पछिल्लो समय सहज भईसकेको बताए । उनका हान्यो हान्यो छक्का, कर्णाली घुुमेर आउ, गाह्रो भो, आयो तिहार, सुुपरहिट लगायतका गित बजारमा हिट छन् ।