हिउँदे वर्षाले दाङका इट्टा उद्योगमा दशवर्ष यताकै ठुलो क्षति, बिमाको व्यवस्था गर्न व्यवसायीको माग



जीतसागर जी.एम. घोराही, २८ माघ । गत १२ माघमा परेको हिउँदे वर्षाले दाङका ३२ इट्टा उद्योगमा करिब १२ करोड बराबरको क्षती पुगेको थियो । हिउँदे वर्षाले उद्योगमा लाखौँको क्षति पुगेपछि चिन्तीत बनेका इट्टा व्यवसायीलाई फेरी बुधबार रातीदेखि ३ दिन परेको वर्षाले करोडौँको क्षति पु¥याएको छ । वर्षाले उद्योगमा १६ करोड बराबरको क्षति पु¥याएको तर विवरण आउन बाँकी रहेको दाङ देउखुरी इट्टा व्यवसायी संघका अध्यक्ष रोम वलीले बताए ।

उनले भने– व्यवसाय धरासयी बन्ने स्थितिमा पुगेको छ, हिउँदे वर्षाले वर्षेनी लाखौँको क्षति गर्ने गरेको भएपनि यो वर्ष १० वर्ष यताकै ठुलो क्षति पुुगेको छ, मनमा बादल लागेको के गर्नु ? चिन्तित हुुँदै भने– आम्दानी हुने समयमा क्षति बेहोरेका छौँ, गतहप्ता परेको पानीले धेरे क्षति ग¥यो , यसपाली झनै धरै क्षति पुुगेको छ ।

दाङमा ३२ वटा इट्टा उद्योग संचालनमा रहेका छन् भने ति मध्ये यो वर्ष मात्रै ८ ओटा उद्योग स्थापना भएका छन् । दाङ सहित साविक राप्तीका जिल्लालाई माग अनुसारको इट्टा उत्पादन गरिरहेका उद्योगले वर्षेनी हिउँदे वर्षाका कारण करोडौँको क्षति व्यहोर्नु परेको व्यवासायीले दुखेसो पोखेका छन् ।

देशैभर परेको हिउँदे वर्षाले किसानलाई राहत बनाएपनि इट्टा व्यवसायीलाई चिन्तीत बनाएको छ–व्यवसायी सर्बजीत वलीले भने– वर्षेनी हिउँदे वर्षाका कारण इट्टा व्यवसायमा लाखौँको क्षति पु¥याउँदा व्यवसाय नै धरापमा पर्न थालेको छ, गत हप्ता मात्रै करिब १० लाख बराबरको क्षति भएको थियो, यो पटक झनै बढ्न सक्ने अनुमान गरिएको छ –उनले भने । इट्टा उद्योगमा क्षति पुग्दा समग्र विकास निर्माणका कामहरु पनि प्रभावित हुुन सक्ने देखिएको छ–उनले भने, अहिले उपभोक्ताले प्रति इट्टा १३ रुपैँया देखि १४ मा पाउँदै आएका छन् , वर्षाले इट्टाको मुल्यमा बढ्न सक्ने निश्चित भएको छ उनले बताए । वर्षाले इट्टा व्यवसायीलाई प्रत्यक्ष नोक्सानी बनाएको त छ नै , समग्रमा क्षेत्रलाई क्षति पुगेको छ उनले थपे । पानीले क्षति पु¥याएका इट्टालाई पुुनः बनाउन खर्च धेरै लाग्ने उनले बताए ।

आर्थिक समृद्धिको बलियो आधारका रुपमा मानिएको इट्टा उद्योगलाई हिउँदे वर्षाले धरासयी बनायो–उनले दुुखेसो पोखे । पानीले लाखौँको संख्याको इट्टामा क्षति पु¥याएपछि इट्टाको माग झनै बढ्ने देखिएको छ , इट्टाहरु बाहिरबाट आयात गर्नुपर्ने अवस्था निश्चित जस्तो देखिएको छ उनले भने ।

वर्षाका व्यवसायमा क्षति पुगेपछि बढ्दो मागलाई धान्न मुस्कील हुुने व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । व्यवसाय यस्तो व्यवसाय हो, जसलाई राज्यले कुनै पनि ठाँउमा सहयोग गरेको छैन् अर्का व्यवसायी भुपेन्द्र भुसाले बताए । इट्टा व्यवसाय मात्रै त्यो व्यवसाय हो जसलाई राज्यले कुनै पनि ठाँउमा सहयोग गरेको छैन् उनले भने । व्यवसाय धरासयी बन्ने स्थीतिमा पुगेको छ , राज्यले बिमाको व्यवस्था गर्नुपर्छ उनले भने !

रोजगारीको आधार इट्टा उद्योग
इट्टा उद्योगले दाङमा मात्रै करिब दश हजार जनालाई रोजगार दिएका छन् । जिल्लामा संचालित करिब ३२ उद्योगले दशहजार बढीलाई रोजगारी प्रदान गरेको अध्यक्ष रोम वलीले बताए । एक उद्योगमा करिब २ सय देखि ३ सयले रोजगारी प्राप्त गरेको उनले बताए । विभिन्न ठाँउमा संचालित उद्योगले रोजगारीको अवसर प्रदान गरेपनि राज्यले उचित न्याय दिन नसकेको उनले बताए ।

उनका अनुुसार संचालित उद्योगमा करिब ७० प्रतिशत नेपाली नागरिक छन् भने ३० प्रतिशत भारतिय नागरिक रहेका छन् । इट्टा उद्योगमा साबिक राप्ती नै आत्मनिर्भर बनेको भन्दै उनले व्यवसायी सुरक्षाको ग्यारेण्टी गर्न सरकारसंग माग समेत गरेका छन् । व्यवसायी सुरक्षा नहुदा इट्टा व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको छ, व्यवसायीक सुरक्षाको ग्यारेण्टीको माग गर्दछौँ उनले भने । दाङमा नारायणपुुर, बिजौरी र देउखुुरीमा इट्टा उद्योग संचालित छन् ।