धनगढी प्रिमियर लिग: काठमाडौं गोल्डेन्सको विजयी सुरुआत



धनगढी प्रिमियर लिग अन्तर्गतका खेलहरु आज बाट सुरु भएको छ । पहिलो खेलमा काठमाडौं गोल्डेन्सले विजयी सुरुआत गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाडौंले घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटको पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित् २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंका लागि अंकिद दबासले २९, गौरव तोमारले २८, अनिलकुमार साहले २४, विक्रमकुमार भुसालले अविजित १४, महबुब आलमले अविजित १२ रनको योगदान गरे । धनगढीका रोहन मुस्तफाले सर्वाधिक ४ विकेट लिए ।

धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक, सन्दीप रजाइलीले २८ रन, सौरभ खनालले २५ र पवन सर्राफले १९ रन जोडे । काठमाडौंका लागि नन्दन यादव २ तथा ललित राजवंशी र अंकित दबासले १/१ विकेट लिए ।