प्रदेश एकमा ट्रिपर आतंक , ६ महिनामा २१ दुर्घटना ११ जनाको मृत्यु



तेजबहादुर बन,इटहरी प्रदेश एकमा ट्रिपरले आतंक मच्चाएको हल्ला बाहिर आइरहदा गएको ६ महिना यता दुर्घटना बिवरण मध्ये ट्रिपरको मात्रै २१ वटा दुर्घटना भएको पाइएको छ । जसमा ११ जनाले अकालमै ज्यान गुमाएका छन भने ४६ जना घाइते भएका छन ।

प्रदेस एकको ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार प्रदेश एकको ११ वटा जिल्लामा भएको ट्रिपर दुर्घटनामा परी गएको साउन दोश्रो साता देखि हालको मिति सम्म मात्रै २१ वटा ट्रिपर दुर्घटनामा परेको देखिन्छ । सोहि दुर्घटनामा ११ जनाले ज्यान गुमाए भने ४६ जना घाइते बनेका छन ।

प्रदेस १ को १४ जिल्ला मध्ये सुनसरी , मोरङ , झापा र उदयपुरमा सबै भन्दा बढी ट्रिपर दुर्घटना हुने गरेको देखिन्छ त्यस मध्ये पनि मोरङमा सबै भन्दा बढी दुर्घटना भएको देखिएको छ । मोरङमा १५ दिनमा तिन वटा ट्रिपर दुर्घटना भएको तथ्याङकले समेत देखाएको छ । यो तथ्यांक हेृने हो भने प्रदेश एकमा ट्रिपर दुर्घटना बढदो छ । यहि दुर्घटनालाइ स्थानीयहरूले ट्रिपर आतंकको संज्ञा दिदै आएका छन ।

यसो त पुर्वि पहाडी भेगहरूमा भने ट्रिपर दुर्घटना त्यति भएको देखिएको छैन र समाचार पनि आउने गरेको छैन । सुगम जिल्लामा भने दुर्घटना बढदो रहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रदेश एकमा ट्रिपर दुर्घटना बिवरण हेृने हो भने सबै भन्दा बढी मोरङमा ९ वटा दुर्घटना भएको देखिन्छ ।एक महिनामा विराटनगर—विराटचोक सडकमा मात्रै ४ वटा टिपर दुर्घटना भइसकेको बिवरणमा देखिन्छ ।

त्यसै गरी साउनयता उदयपुरमा ४, सोलुखुम्बु १, संखुवासभा १ र भोजपुरमा १, झापामा ३, सुनसरीमा २ गरी २१ वटा ट्रिपर दुर्घटना भएको देखिन्छ । गत माघ १४ गते पनि ट्रिपरकै कारण मोरङको बिराटचौक रणभुमिमा परिणत भएको थियो ।विराटचौकबाट– विराटनगरतर्फ आउ“दै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचा –९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको बिषयलाइ लिएर स्थानीयहरूले ७ वटा ट्रिपरमा आग्जनि गरेका थिए । भने ३ वटामा तोडफोड समेत मच्चाएका थिए ।