विराटनगरको सद्भावना दुतमा कलाकार दिपाश्री र गायक खडका घोषित



विराटनगर । विराटनगर महानगरपालिकाले चर्चित कलाकार तथा निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्कालाई सद्भावना दुतको रूपमा नियुक्त गरेको छ ।

एक औपचारीक कार्यक्रम मार्फत महानगरले दुवैजनालाइ सद्भावना दुतको रुपमा नियुक्त गरेको हो। गायक खडका र कलाकार निरौला दुवै जना बिराटनगरवासी भएकोले सदभावना दुतमा नियुक्त गरिएको महानगरले जनाएको छ ।

उनीहरुले विराटनगरको विकास र प्रचारप्रसारमा भूमिका खेल्ने जनाइएको छ । कलाकारहरूको सम्मान र बिराटनगरको बिकासकालागि दुवैलाइ सदभावना दुत घोषित गरिएको बिराटनगरका मेयर भिम पराजुलीले जानकारी दिनुभयो ।