काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली



नेपालको मौसममा आज फेरि बदली भएको छ। आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली भएको छ।

आज विशेषगरी पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको छ । काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघिको पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बिदा भई कमजोर प्रणाली भित्रिएपछि मौसममा सुधार आएको हो।

पश्चिमबाट भित्रिएको सो प्रणालीकै कारण आज मौसम बदली भएको हो। भोलिदेखि भित्रिने प्रणालीले पुन: बर्षा गराउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जारी मिति : माघ २८ गते (सोमवार) बिहान ६:०० बजे

माघ २८ गते (सोमवार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रहने र बाँकी भुभागमा आंसिक बदली रहने। उच्च पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

राति : देशको पश्चिमी र मध्य भु-भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २९ गते (मंगलवार)
दिउँसो : देशको पश्चिमी भु-भाग साथै पुर्व र मध्यका पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमी भु-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

फाल्गुन ०१ गते (बुधवार)
दिउँसो : देशको पश्चिमी भु-भाग साथै पुर्व र मध्यका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभरी आंसिक देखि सामान्य बदली रहनेछ ।