आयो नेपाली क्रिकेटरको पारिश्रमिक



नेपाली क्रिकेटरको २ वर्षको तलब आईसीसीले एकमुष्ट पठाएको छ । सन् २०१६ देखि रोकिएको तलब वापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टान्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो ।

२०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीहरुले पछिल्लो समय तलब पाउन सकेका छैनन् । क्यान निलम्बनमा परेपछि प्रत्यक्षरुपमा आईसीसीले नेपाली क्रिकेटको रेखदेख गर्दै आएको छ ।

ए श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । उनीहरुको तलब मासिक ३५ हजार तोकिएको छ । दुई वर्षको तलब एक मुष्ट लिँदा उनीहरुले ८ लाख ४० हजार रुपैयाँ पाउनेछन् ।

बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् । सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् ।

यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुसन भारी, प्रदिप ऐरी र विनोद भण्डारी छन् । उनीहरुले मासिक १५ हजारका दरले २ वर्षको तलब बराबर ३ लाख रुपैयाँ पाउनेछन् ।

टिम म्यानेजर रमन शिवाकोटी र प्रशिक्षक जगत टमाटाले पनि २ वर्षको पारिश्रमिक पाउनेछन् । टिम म्यानेजर रमन शिवाकोटी र प्रशिक्षक जगत टमाटाले कति पारिश्रमिक पाउने उल्लेख छैन ।