अक्सिजन जस्तै रावतको सांगितीक यात्रा



Loading...

जीतसागर जी.एम. । नेपाली सांगितको सागरमा करिब विस २०५८ सालमा सल्यानी शुसेली बोलको गित बजारमा ल्याएर चर्चामा आएका कलाकर्मी जीतसागर रावत पछिल्लो समय व्यवसायीक सांगितीक यात्रामा रमाउन थालेका छन् । संगितको क्षेत्रमा चर्चा कमाउन सफल रावतले आवाज र संगित भरेका करिब १ सय भन्दा बढी गित बजारमा छन् ।

कलाकर्मि रावत संगितको सागरमा ढुब्दै जाँदा उनका पछिल्ला कोशेलीले पनि बजार तताउन सफल भएका छन् । आजभन्दा करिब १५ वर्ष अघि गितसंगितको यात्रा थालेका रावत संगितको यात्रामा सफल देखिएका हुन् । सानै उमेरमा गितसंगितमा रुचि भएका रावतले विद्यालयमा हुने विभिन्न सांगितिक कार्यक्रममा भाग लिने र प्रथम द्धितिय स्थान हासिल गर्ने गरेको आफ्नो बाल्यकाललाई सम्झन्छन् ।

रावतका बजारमा ल्याएका सांगितिक कोशेली लाखौँ दर्शक तथा स्रोताले रुचाएका छन् । जतिबेला अहिलेको जस्तो समय थिएन् , संकटकालिन अवस्थामा विभिन्न दुख सहँदै संगितलाई निरन्तरता दिएका उनले आफ्नो बिगतलाई भावुक हुँदै सम्झे । गित गाउने रुचि अत्याधिक चाहना भएपछि गित रेर्कड गराउनका लागि महेन्द्रनगर पुगेका थियौँ, एउटा सानो होटेलमा गितको तयारी गर्दै गर्दा हामीले नेपाली सेनाले माओवादी हौ भन्दै विभिन्न सोधपुछ पनि ग¥यो, विभिन्न मानसिक यातना पनि दियो, भोलीपल्ट बयानका लागि बोलायो उनले भने । उनले संगितको यात्रामा विभिन्न आरोह अवरोह आएपनि अगाडी बढिरहेको बताए ।

मलाई लाग्छ गित संगित अक्सिजन जस्तै हो, जसरी अक्सिजन बिना मानिस बाँँच्न सक्दैन् , म पनि गितसंगित बिना बाँँच्न सक्दैन् । गितसंगित भनेपछि सबैको मन नै फुरुंग हुन्छ ,त्यसैमा कलाकर्मीको लागि त झनै महत्वपूर्ण छ , संगित जसले चिनायो अब यो छोडेर टाढा जान सक्दैन् उनले भने ।

सल्यानी सुसेली नाम गितको एल्वम करिब ५० हजार क्यासेट बजारमा गएको बताउँदै उनले भने –त्यो बेलामा गितले निकै चर्चा कमायो, जसका कारण म आज यो ठाँउमा छु , तर शुरुमा भएकाले कम्पनीले एल्बम बजारमा गएजति रकम दिन सकेन् । पछिल्लो समय प्रविधिको विकाससंगै कलाकर्मीलाई पनि राम्रो फाईदा पुगेको बताउँदै उनले भने– हिजो आज युट्युबबाट राम्रो आम्दानी पनि भएको छ , स्टेज कार्यक्रममा पनि व्यस्त छु उनले भने ।

लोक गित मात्र नभई सबै विधामा सक्षम कलाकर्मी रावतले बजारमा ल्याएका गितहरु स्रोता तथा दर्शकको ढुकढुकी बन्न सफल भएका छन् । उनले बजारमा ल्याएका गित मध्ये मुटुभरी माया छ, पहिलो प्रेमिका, तिम्रो सम्झनामा लगायत तीज, दशैँ र तिहार जस्ता चार्डपर्व विशेष गितहरु पनि ल्याउने गरेका छन् । सानोमा विद्यालयमा पढ्दा शिक्षकले आफुलाई संगितमा लाग्न प्रेरित गर्ने गरेको उनले बताए । सल्यानको त्रिवेणी गाँउपालिका–५ मा जन्मीनुभएका कलाकर्मी रावतले काठ्माण्डौलाई कर्म थलो बनाएका छन् ।

संगितको यात्राकै क्रममा देश विदेशमा जानेको गरेको उनले बताए । अस्ट्रेलिया, कतार, साउदी, दुवै लगायतका ठाँउमा पुगिसकेको उनको भनाई छ । धेरै गायिका संग गितमा स्वर दिएपनि बिष्ण माझि संगको गितले बढी चर्चा पाएका छन् तर के गर्नु पछिल्लो समय विष्णुले स्वर मंहगो भएपछि उहाँ संग स्वर दिन पाएको छैन् उनले भने ।

स्वरका धनी गायक रावत आफैले बनाएका गितमा पनि मोडलिङ गर्ने गरेका छन् । उनले करिब आधा दर्जन भन्दा बढी गितमा मोडलिङ गरिसकका छन् । भावुक अभिनयदेखि चकलेटी भुमिकामा देखिने गरेका उनले एक्क ट्रायल नामक फिल्म पनि निर्माण गरेका छन् । कलाकर्मी रावतले पछिल्लो समय एउटी तन अर्की मन नामक बोलको गित बजारमा ल्याउने तयारी गरको बताए । यो गितलाई पनि दर्शक तथा स्रोताले मन पराउनुहुने छ भन्ने आशामा छु उनले भने ।