‘सयकडा दश’ चलचित्र प्रचारकालागि गजुरेल सहितको टोली पूर्व दौडहामा



Loading...

तेजबहादुर बन, इटहरी । हस्यकलाकार मनोज गजुरेलले अभिनय गरेको पहिलो चलचित्र ‘सयकडा दश’को प्रचारका लागि कलाकारको टोली पूर्व दौडामा निस्किएको छ । सुनसरीको इटहरीमा मंगलबार पत्रकार सम्मेलन गर्दै हास्य कलाकार मनोज गजुरेलले चलिचत्रको बारेमा चर्चा तथा परिचर्चा गरेका थिए ।

उक्त चलचित्र भ्रष्टाचार विरुद्ध र हास्य बिधा संगै प्रेम कथामा आधरीत रहेको पनि बताइएको छ । फिल्म प्रचारका लागि सयकडा दशका निर्देशक रामशरण पाठक, अभिनेता मनोज गजुरेलसँगै अभिनेता अमृत ढुंगाना पनि अहिले पूर्व दौडामा लागि परेका छन ।

कलाकार गजुरेलले भष्टाचारको बिरुद्ध प्रेम र सकरात्मक सन्देश दिनको लागी आफुले चलचित्रमा अभिनय गरेको बताए । समाजलाई सदाचारी बनाउन सय कडा दश ले सहयोग गर्ने गजुरेलले विश्वास व्यक्त गरे । गजुरेलले चलचित्र हेर्ने दर्शकहरुले मनोरञ्जन लिने मात्र होइन चलचित्र हेरेर पनी भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी बन्न सक्ने बताएका छन ।

निर्देशक रामशरण पाठकले चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने बताए । चलचित्रमा हास्य अभिनेता मनोज गजुरेल सँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने ले अभिनय गरेका छन ।