जिन्सको कपडाले स्वास्थमा नकारात्मक असर गर्ने



जिन्सको कपडा प्रयोगले स्वास्थमा नकारात्मक असर गर्ने एक अध्ययनले देखेको छ । टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्ने सो अध्ययनले जनाएको छ । जिन्सको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिन जरुरी छ । कसिला खालका जिन्सका कपडा प्रयोग गर्दा नसा सम्बन्धी समस्या उत्पन्न हुन सक्छ । जिन्स लगाउँदा र किन्दा निम्न कुरामा ध्यान दिन जरुरी छ ।

धेरैजसोले टाइट जिन्स लगाउँछन् । टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ । टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गै तिघ्रामा पीडा हुन सक्छ । लामो समयसम्म टाइट जिन्स लगाएर हिँडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ । जिन्सको कपडाको प्रयोग नगर्ने मानिस नै हुँदैन भन्दा फरक पर्दैन । विभिन्न डिजाइनका जिन्सका पाइन्ट र ज्याकेटहरु लगाउने युवा पुस्ताको ठूलो जमात रहेको छ । आकर्षक देखिने भएकाले जिन्स सबैको रोजाइमा पर्छ । तर जिन्सको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिन जरुरी छ । कसिला खालका जिन्सका कपडा प्रयोग गर्दा नसा सम्बन्धी समस्या उत्पन्न हुन सक्छ । जिन्स लगाउँदा र किन्दा निम्न कुरामा ध्यान दिन जरुरी छ ।

जिन्स खरिद गर्दा :
-बजारमा दुई दर्जनभन्दा बढी जिन्सका ब्रान्ड छन् ।
-जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनु राम्रो हुन्छ ।
-टिपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने किसिमको जिन्स खरिद गर्नुपर्छ ।
-जिन्स किन्दा रंगमा ध्यान दिनुपर्छ । काममा जाँदा गाढा रंग तथा घुम्न जाँदा हल्का रंगको जिन्स लगाउनु उपयुक्त मानिन्छ ।


Loading...