डा गोविन्द केसीलाई अनसन नबस्न संसदीय सभापति घर्तीको आग्रह



Loading...

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले डाक्टर गोविन्द केसीलाई अनसन नबस्न आग्रह गरेकी छिन्। 

चिकित्सा शिक्षा विधेयक सहमति नजिक पुगेको र छिट्टै टुंगो लाग्ने भन्दै उनले सञ्चारमाध्यम मार्फत डा केसीलाई अनसन नबस्न आग्रह गरेकी हुन्। 

‘डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिलाई आधार मानेर नै विधेयक ल्याउने विषयमा सहमति जुटीरहेको छ,’ उनले भनिन्, ‘त्यसकारण अनसन बस्न भन्दै इलाम पुग्नु भएका डा केसीलाई म तत्काल अनसन नबस्न आग्रह गर्दछु।’ 

उनले उपसमितिमा छलफल लम्बिएका कारण केही दिन ढिला भएको र अब छिट्टै विधेयकलाई टुंगोमा पु¥याउन निर्देशन पनि दिइएको जानकारी दिइन्। ‘लगभग सबै कुरामा सहमति नजिक पुगेका छौं,’ उनले भनिन्, ‘त्यसकारण उहाँसँग भएको सहमतिलाई नै केन्द्रविन्दुमा राखेर नै काम अगाडि बढेका कारण केही दिन पर्खन आग्रह गर्दछु।’ 

उनले संसदको प्रक्रिया अनुसार काम अगाडि बढीरहेको पनि जानकारी दिइन्।