धम्की झै आएथ्यो सूचना पनि (गजल )

  राम शरण श्रेष्ठ


धम्की झै आएथ्यो सूचना पनि ।
देख्दैछु घमण्ड तिमीमा पनि ।
..
उसैलाई कुर्चिमा राखेर पुजियो
जस्का पुरै बन्द थिए आँखा पनि ।
..
हजुरबालाई सिकाएको देख्दा लाग्छ
बुद्धिमान भएकाछन् बच्चा पनि ।
..
तिमीले दिएको धोकाको अगाडी
फूल जस्तौ लाग्छ यि खतरा पनि ।
..
चुनौती काललाई दिई आएकोछु
मैले बुझ्नुछ उस्को क्षमता पनि ।

राम शरण श्रेष्ठ

*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !