कृष्ण तुषार
तिम्रो मन भन्दा नरम होला बरु पत्थर पनि
चोटहरु दियौ तिमीले मुटुमै भयो असर पनि !
हिडु कोहि पछि रहला नहिडु छोड्ने हुन कि
मुस्किल नै रहेछ जिन्दगीमा गर्न सफर पनि !
मेरो छोराले एउटै प्रश्न मलाई बरम्बार गर्ने गर्छ
बा भन्नुस् गाउँ देखि किन टाढा छ यो सहर पनि !
खल्ती रित्तो थियो तिम्रो बजार जाने इच्छा थियो
त्यसैमा तिमीले लगायौ महङ्गा चिजमा नजर पनि !
हर महिना बर्षातहरुले साथ कहाँ जुटाउछ सक्छ
कुनै बेला म जस्तै उराठ हुनु पर्छ त बगर पनि !!
कृष्ण तुषार
बनगाड कुपिन्डे न.पा १ सल्यान
*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !
राम शरण श्रेष्ठ
कृष्ण तुषार
बिजय घिमिरे
किरण रिजाल
सरन हुमागाई
मनोज पराजुली