घर सम्झियो अनि चुहिने #पाली सम्झियो (गजल )


घर सम्झियो अनि चुहिने #पाली सम्झियो
सुत्नु अगि एकपल्ट बाको #गाली सम्झियो !!

मुहार हसिलो थियो आँखा रसायो एकासी
सायद मन ले पनि निस्टुरी #काली सम्झियो !!

साथ मा कोहि छैनन म बिफल भएको बेला
अनि मेरो सफलतामा बजेको #ताली सम्झियो !!

झकमक्क फुल पनि ओइलायो सुस्तरी सुस्तरी
हुन सक्छ फुल ले पनि बिचरा #माली सम्झियो !!

दुख काट्न मन्दिर जादा जादा थाकेको मान्छे म
आज पुनः बिफल ले पुजाको त्यो #थाली सम्झियो !!

बिजय घिमिरे

*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !

Other Reviews

तिम्रो मन भन्दा नरम होला बरु पत्थर पनि


घर सम्झियो अनि चुहिने #पाली सम्झियो (गजल )


गणतन्त्र भयो (कविता)


यो रहरको शहर हो


सुमधुर सरकार


मन छ रे उसलाई नशामा डुब्न पुरै तन भिजाउ भन्छे कान्छी