गणतन्त्र भयो (कविता)


महगी अब यो कसरी सहने
गरिबी तन यो कसरी ढकने ।
छल नै छलको ,अति खेल भयो
दुखदाइ सधै ,गणतन्त्र भयो ।।

छल राम बने बलराम बने
धन दौलत कै, हनुमान भए ।
अगुवा हरुकै छलछाम चल्यो
बदनाम सधै ,गणतन्त्र भयो ।।

पदमा लठुवा ,सब मस्त भए
सपना जनका ,सब ध्वस्त भए ।
कति हुर्मत गो ,कति ज्यान गयो
लुटतन्त्र सधै , गणतन्त्र भयो ।।

कति मख्ख भए छलुवा हरुनै
मति भ्रष्ट भयो अगुवा हरुकै ।
बरबाद भयो दरबार गयो
अति कष्ट सधै गणतन्त्र भयो ।।
धन्यवाद ।
छ्न्द:-तोटक
रचना :-कविता
रचनाकार :-किरण रिजाल
ठेगान :-विराटनगर -१

*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !

Other Reviews

तिम्रो मन भन्दा नरम होला बरु पत्थर पनि


घर सम्झियो अनि चुहिने #पाली सम्झियो (गजल )


गणतन्त्र भयो (कविता)


यो रहरको शहर हो


सुमधुर सरकार


मन छ रे उसलाई नशामा डुब्न पुरै तन भिजाउ भन्छे कान्छी