सम्झनामा हजुर आमा(माई)


खै के गर्दै होलिन मेरि बुढि आमा आज ,
ठेगाना भएको भए पनि
चिट्ठी लेखेर सोध्ने थिए 
माई सन्चै छौ ?
फोन लाग्ने भए पनि
फोन गरेर सोध्ने थिए
माई सन्चै छौ?
फेसबुक चलाउने भए पनि 
भिडियो हेरेर सोध्ने थिए 
माई सन्चै छौ?
 
पोहोर सम्म त बोल्ने नै थियौ
बाबु के खाईस?
सम्झिएर बोल्ने भए पनि 
टेबलको फोटो हेरेर सोध्ने थिए 
माई सन्चै छौ?
 
तर..
खै के भयो  सपनामा आउदै भन्छौ
बाबु त सन्चै छस् ?
बाबु भोकै त बसेको छैनस नि ?
 
किनकी..
तेरो अनुहार नदेखेको धेरै भयो
फोन लाग्ने भए पनि
फोन बाटै सोध्ने थिए 
बाबु त सन्चै छस् ,सब जना सन्चै छौ??
 
पदमकुमार श्रेष्ठ 'अरबिन्द'
स्युचाटार,काठमाडौं 
 
*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !

Other Reviews

तिम्रो मन भन्दा नरम होला बरु पत्थर पनि


घर सम्झियो अनि चुहिने #पाली सम्झियो (गजल )


गणतन्त्र भयो (कविता)


यो रहरको शहर हो


सुमधुर सरकार


मन छ रे उसलाई नशामा डुब्न पुरै तन भिजाउ भन्छे कान्छी