गैर आवासीय नेपाली संघ रक्तसंचार प्रविधि हस्तान्तरण उपसमिति र अन्तराष्ट्रिय नेपाली रक्त्दता संघको बिचमा सम्झौता



Loading...

गैर आवासीय नेपाली संघ रक्तसंचार प्रविधि हस्तान्तरण उपसमिति र अन्तराष्ट्रिय नेपाली रक्त्दता संघको बिच मिति २०७६/०५/ ११ गते बुधबारको दिन गैर आवासीय नेपाली संघको सचिवालयमा सम्झौता पत्रमा हस्ताक्षर गरि सटासाट भएको छ । दुवै संस्थाले रक्तसंचार क्षेत्रमा रक्तादताको स्वास्थ्य, रक्तदान कार्यक्रम र रक्तदाता संख्यालाई बढाउन अन्तराष्ट्रियरुपमा नेपालीहरुलाई जोडी नेपालमा प्रभाकारी रुपले कार्य सम्पादन गर्न यो कदम प्रभावकारी हुने जनाएको छ ।

“रक्तदान , जीवनदान” को कुनै विकल्प नभएकोए यो नारालाई जनमानसमा पुर्याउन म रक्तदाता अभियान नेपालमा चलाउन यो सहकार्यले सहयोग गर्ने अनुमान गरिएको छ ।

नेपालमा रक्तदान कार्यक्रम संचालन भएता पनि रगतको अभाव कम हुन नसकेको गुनासो जनमानसमा रहेको देखिन्छ । रगतको अभावलाई कम गर्न रक्तदान गर्न जरुरि छ भने उक्त कार्यको लागि रक्तादताको संख्या वृद्धि गर्न जरुरि छ । रक्तादताको सङ्ख्या अभिवृद्धि गर्न यस क्षेत्रमा कार्य गर्ने सबै संघ संस्था मिलेर अघि बढ्नुको कुनै विकल्प नभएकोले आगामी दिनमा पनि अरु सबै संघ संस्थाहरु जो नेपालमा अग्रणी रुपमा कार्य गर्दै आउनु भएको छ, उक्त संस्थाहरुसंग मिलेर हामी अघि बढ्ने सोचेका छौ । यो सहकार्यमा हामीले रक्तादताको स्वास्थ्यतर्फ ध्यान दिई अघि बढ्नेछौ भने
आगामी दिनहरुमा निश्चित ठाउँहरुबाट रगत संकलन कार्यलाई प्रवर्धन गर्ने सोचेका छौ ।

देशमा रगतको सुरक्षित र सर्वसुलभ रगत व्यस्थापनमा अग्रणी भूमिका खेल्ने सबै संघ संथाहरुलाई हामीले सघाउने प्रतिबध्ता गरेका छौ । मानिसहरुले रगत सर्वसुलभ रुपले पाउने वातावरण सिर्जना गर्नु नै हाम्रो मुख्य उदेश्य भएकोले यस क्षेत्रमा कार्य सम्पादन गरिरहनु भएका सबै सरोकारहरुलाई हामीले मिलेर काम गरौ भने अनुरोध गर्न चाहन्छौ ।