गुणस्तरीय रक्तासंचारको लागि असल सुशासनको भूमिका” नामक सेमीनार सम्पन्न



Loading...

गैर आवासीय नेपाली   संघको रक्तसंचार प्रविधि हस्तान्तरण उपसमितिले मिति २०७६/०४/१२ गतेको दिन  नेपाल मेडिसिटी अस्पताल, भैंसेपाटीमा  “गुणस्तरीय रक्तासंचारको  लागि असल सुशासनको भूमिका” नामक वेबिनार सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ३५ जनानेपाल मेडिसिटी अस्पताल, भैंसेपाटीमा उपस्थित थिए  भने  15 जना देश तथा विदेशबाट अनलाईनमा सहभागी थिए । विशेष अतिथिको रुपमा गैर आवासीय नेपाली   संघको संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाल रेडक्रस सोसाइटीका  उप-महामन्त्री हरि न्यौपाने, कार्यकारी अधिकृत उमेश ढकालको उपस्थिति रहेको थियो ।

गैर आवासीय नेपाली   संघको रक्तसंचार प्रविधि हस्तान्तरण उपसमितिको संयोजक  फणिन्द्र  पन्तले उक्त कार्यक्रम संचालन गरेका  थिए । केन्द्रीय रक्तसंचार सेवा विभागको निर्देशक  डा. मनिता  राज कर्णिकार, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला  शाखाका   मन्त्रि श्याम  काजी डोटेल, सिविल सरविसअस्पतालको क्लिनिकल हेमाटोलोजिस्ट तथा बोन म्यारो प्रत्यापन   प्रमुख  डा. बिशेष पौडेल  तथा  प्रदेश न. ३ का सभासद नौरोत्तम बैध्य मुख्य वक्ताका रुपमा थिए । उक्त  कार्यक्रमको   विशेष जानकारहरु   ग्रयाण्डी अस्पतालको रक्तसंचार विभागका  प्रमुख डा. विपिन नेपाल  , नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला प्रमुख डा.गोपी अर्याल, रक्तसंचारको मेडिकल प्रमुख  बिपुल गौतम, धुलिखेल  अस्पतालका सुरेन्द्र  कोजु, शिक्षण अस्पताल महाराजगंजका आनन्द घिमिरे तथा  केन्द्रीय रक्तसंचार सेवा विभागको ल्याब ईन्चार्ज श्रवन कुमार  श्रेष्ठको उपस्थिति रहेको  थियो । उक्त कार्यक्रममा विदेशी  विषेश्ग्यहरुको उपस्थिति  पनि ओन्लाईनमा रहेको थियो  ।  

उक्त  कार्यक्रममा प्रस्तुत गरेका रक्तासंचार्को गुणस्तरीय सेवाको लागि  चाहिने सम्पूर्ण वस्तु तथा  ज्ञानलाई सरोकार वाला सबैले सोचेर अगाडी बढ्नु पर्ने  कुरालाई सबैले स्वीकार गरि अगमिदिनमा पहल गर्ने निस्कर्ष निकाल्दै कार्यक्रमको समापन डा. उपेन्द्र महतोले गर्नु भयो ।