जागिर खाने भनेर पढेको १४ वर्ष पढ्दा पनि पाइएन'



Loading...

लक्ष्मीप्रसाद पौडेल,
भोजराज भण्डारी अछाम जिल्लाको मंगलसेन ६ ठुलासेन गाउँमा २०५४ सालमा जन्मिएका हुन । हाल उनि सिद्धपाइला क्याम्पस सुर्खेतमा विविएस दोस्रो वर्षमा अध्ययनरत छन । विबिएस प्रथम वर्षको नतिजामा ७३ प्रतिशत नतिजा ल्याएर कर्णालि र सुदुरपश्चिम प्रदेश प्रथम भएका छन ।


उनि घरका जेठो सन्तान पनि हुन । उनि पछि दुई बहिनि र एक भाई छन । कक्षा १० सम्म गाउँकै सरकार विद्यालयमा पढे । १० कक्षासम्म काम गर्दै पढ्थे । कक्षामा पास मात्रै हुन्थे । कक्षा १० मा भने उनले प्रथम श्रेणी लयाए । उनि भन्छन ''अंग्रेजी भनेपछी ए, बि, सि, डि र नाम लेख्न मात्रै आउथ्यो'' । घरको आर्थिक स्थिती त्यति सवल थिएन । उनका बुवा घरखर्च चलाउन भारत गइरहन्थे । जसले गर्दा उनलाई घरमा काम असाध्यै गर्नुपर्थ्यो । २०७१ सालमा एसएलसी पास गरेपछी घरसल्लाह र आफन्तजनको सुझावअनुसार गाउँमा राम्रो पढाई नहुने भएपछी सुर्खेत आए ।

"पढेर जागिर खाने भन्ने मात्र थाहा थियो । तर के जागिर, कुन जागिर कसरी खाने भन्ने थाहा थिएन । पढेपछी शिक्षक भइन्छ भन्ने अलिअलि मात्र थाहा थियो ।" भण्डारी भन्छन । एसएलसी पछि सुर्खेत आउँदा उनलाई कुन विषय पढ्दा के हुन्छ भन्ने थाहा थिएन । कताकता विज्ञान विषय अलि राम्रो हो भन्ने त सुनेका थिए । तर कुन विषय पढेपछी के भइन्छ भन्ने थाहा थिएन । के विषय पढेपछी के हुन्छ थाहा नपाएका भण्डारी केवल कक्षा ११ पढ्न सुर्खेत झरेका थिए । तर सुर्खेत झरेपछी ११ कक्षामै पनि यति धेरै विषय हुँदारहेछन भन्ने थाहा पाउँदा अच्चम्म परे ।

विज्ञान विषय राम्रो हो भन्ने बुझेपछि त्यहि विषय पढ्ने सोच वनाएका भण्डारीको शैक्षिक चाहानाको पहिलो रोजाईको पाइला पारिवारिक आर्थिक अभावले रोकिन पुग्यो । चार जना वच्चावच्चीलाई खान, लगाउन पुर्याउन भारतमै निर्भर भएका उनका वुवालाई उनले विज्ञान विषय पढेको भए ऋणको विकल्प थिएन तर त्यो ऋण तिर्न पनि भारत नै निर्भर हुनुपर्ने कारणले व्यवस्थापन पढ्ने निधो गरे ।

सुर्खेतको वीरेन्द्रनगरस्थित श्री कृष्ण संस्कृत तथा साधारण मावि इत्राममा कक्षा ११ मा भर्ना भएका भण्डारी सुरुमा अछामको भाषा र यहाँको बोलिने भाषाले पनि निकै अप्ठ्यारो पर्यो । यतिमात्र हैन अंग्रेजिमा कमजोर भएकै कारण केहि महिनासम्म निरास थिए गाउँमै फर्केर जान मन थियो । तर बुवाआमा भने आफु १२ महिनानै भारत बसेर भएपनि छोराले पढाएर जागिर खाएको हेर्ने ठुलो रहर थियो । "एकतृत भएर पढेपछी के नहुने रहेछ र ?" उनि भन्छन । विशिष्ट श्रेणी र राम्रो प्रतिशत ल्याकासामु भण्डारी एउटा गाउँले विद्यार्थी, अलि कमजोर थिए । तर कक्षा ११ मै उनि कलेज टपर भए जसको कारणले उनलाई कलेजमा छुट भएकोले आर्थिक भार त्यती पर्न गएन ।

"११ कक्षामा राम्रो प्रतिशत ल्याएर कलेज टप त गरेँ कक्षा १२ सम्म पढ्नेवेला सम्म मैले किन म्यानेजमेन्ट किन पढेँ भन्ने थाहा थिएन । त्यसपछी बुझ्दै जाँदा वैंक र वित्तिय क्षेत्रमा जागिर गर्न सकिने रहेछ भनेर थाहा पाएँ ।" उनि भन्छन । भण्डारीले कक्षा १२ मा पनि कलेज टपर भए । स्नातक तहको अध्ययन गर्न चारवर्षे विविएसमा सिद्धपाइला क्याम्पसमा भर्ना भए । स्नातक तहमा प्रथम वर्षमै पढ्ने धेरै साथिहरु पार्टटाइम जागिर गर्दै पढ्थे । तर उनलाई पनि रहर पनि नभएको होइन । वाध्यता पनि थियो तर परिस्थ्तिले जागिर सम्म पुर्याएन ।


"आफु यति ठुलो तन्नेरी भइसकेको छु मेरो उमेरमा मेरो वुवाले विहे गरिसक्नुभाको थियो । धेरै साथिहरुले आफै कमाएर पढेका छन । आफु भने बुवा आमालाई भारत श्रम गर्न पठाएर पैसा पठाइमाग्नुपर्दाको तितो भोगाइ मनमा विझिरहन्छ ।" उनि सुनाउँछन ।vउनि जागिर गर्ने सोच हुँदाहुदै मौका नमिलकोले प्रथम वर्षको परिक्षा दिए । र अहिले ७३ प्रतिशत नतिजा ल्याएर कर्णालि र सुदुरपश्चिम प्रदेश प्रथम भएका छन ।vतर उनिमा त्यति उत्साह छैन । कारणको रुपमा हो जागिर । घरबाट बुवाआमाले पनि ८-९ हजारकै भएपनि जागिर गर्नुपर्छ भन्छन । " बावु ७२ प्रतिशत हैन पास मात्रै भए हुन्छ बरु जागिर गर् भन्छन बुवा आमाले ।"

उनलाई पनि अहिले त वैंकिङ क्षेत्रमा जागिर गर्ने रहर बनिसकेको छ । "अहिले यति राम्रो प्रतिशत ल्याएको छु अव जागिरको तयारी गरौ भने पढाइ बिग्रेला नगरौ भने, बवा मम्मीले के भन्लान , अनि आफ्नो खर्च पनि कसरी बुवा मम्मीसंग माग्ने ? पार्टटाइम जव मिलेमा पढ्दै काम गर्दै गरथेँ राम्रो प्रतिशत पनि ल्याउँथे ।"

उनि भन्छन "पढाइमा एकतृत भएर पढ्नुपर्यो अवश्य सफल भइन्छ । गाउँबाट भर्खर सहर झरेकालाई गाइड गरिदिनेहरिको अभाव छ ।" विषय जुन पढ्न मन थियो त्यहि नै पढ्नुपर्छ भन्ने हैन घाँटी हेरेर हाड निल्नुपर्ने उनको बुझाई छ । वास्तवमा गाउँका जेहेनदार मेहेनती विद्यार्थीहरुको पढाईमा 'जागिर' रोग जस्तै बनिदिएको उनको बुझाइ छ ।