चुरीफुरी डटकमको पहिलो भाग सार्वजनिक



Loading...

चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज “चुरीफुरी डटकम” को आजबाट विधिवत सुरुवात भएको छ । पहिलो श्रृंखला Bodhi HD का विभिन्न डिजिटल माध्यमहरु Android AppiOS App, Bodhi HD को YouTube च्यानल तथा https://bodhihd.comमार्फत् एकसाथ सार्वजनिक भएको छ । निर्देशक निर्मल शर्माले लाईभमाण्डूसंगको कुराकानी गर्दै भन्नुभयो, ‘यो नितान्त समसामयीक विषयवस्तुमा तयार पारीएको क्लिन कमेडी जनराको वेब सिरिज हो । चुरीफुरीले युवादेखि बुढापाकासम्मको कुरा समेट्छ र जुनसुकै उमेरसमूहका नेपाली दाजूभाई, दिदीबहिनी, आमा-बुवाहरुलाई मन पर्नेछ ।

गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलकान्त मैनाली, शिवहरी आचार्य, प्रमोद पौडेल, निर्मल शर्मा, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा घाटो, सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु, अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेलको अभिनय रहेको यो वेब सिरिज “चुरीफुरी डट कम” साप्ताहिक रुपमा Bodhi HD को मेडिया प्लाटफर्मबाट हेर्न सकिन्छ।

शान्तीप्रीयको शब्दमा लोकप्रिय बरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाको सङ्गीत र आवाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन् । सङ्गीतकार शम्भुजीत बास्कोटालाई पनि ट्रेलरमा हेर्न सकिन्छ । यस्तै राजु केसीको छायाङ्कन तथा बिजी बीका गौतम राज खड्काले यसको सम्पादन गरेका हुन ।

“Bodh HD”ले नयाँ पुस्ता तथा हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो सामाग्रीहरु पस्किने लक्ष्य स्वरुप नयाँ पुराना नेपाली चलचित्रहरु, गीतसङ्गीतहरु तथा नेपालकै प्रथम Sci-Fi कथा समेटिएको SMS IN TIME तथा Nepgasm को Stand-UP कमेडी पनि प्रशारण गर्दै आएको छ ।